कञ्चनपुर असार १६ , अज्ञात समूहद्वारा बुधबार राती सुदूरपश्चिमका विभिन्न स्थानहरुमा एकैसाथ एनसेलमाथि हमला छ । कैलाली जिल्लामा पनि एनसेलको टावरमा आगजनी भएका छन् । धनगढी उप–महानगरपालिकामा १, टिकापुर नगरपालिकामा १, लम्की नगरपालिकामा १, र जानकीमा २ एनसेलका टावर ध्वस्त भएको छ ।जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरिक्षक दक्ष कुमार बस्नेतले कैलालीक बिभिन्न स्थानमा एनसेल टावरमा पनि बिप्वबकै कार्यकर्ताले आगजनी गरेको प्रहरीको आंशका रहेको बताउनुहुन्छ । उहाँले गए राित १२ बजेको समयमा आगजनी भएको बताउनुभयो । टावर राखिएको क्षेत्रको मुल गेटको ताला तोडेर भित्र प्रवेश गरी आगो लगाइएको डिएसपी बस्नेतले बताउनुभयो ।क्षेतीको विवरण आउन भने बाकि रहेको बताउनुभयो ।

त्यस्तै गरी डडेल्धुराको महाभात हगुल्टेलेकको काफली टावर र गोगनपानी सुदुरपश्चिमको मुल टावरलाई समेत ध्वस्त भएको छ । डोेटीको शैली शिखरको कफलेखि टावर, अछाममा बिनायक तुर्माखाँदमा गरि दुईवटा टावर ध्वस्त भएका छन् ।बाजुराको बुढीगंगाको बार्जुकोटमा रहेको टावर, बझाङमा थलारा, मस्टा र चिरबिथ्थड गरी तीनवटा टावर ध्वस्त भएका छन् । बैतडीको दोगाडाको सित्तड र पुर्चौडिको कुडिमा गरी दुईवटा टावर त्यस्तै कञ्चनपुर र दार्चुलामा पनि एनसेल टावर ध्वस्त भएको समाचार आएको छ  ।

प्रतिक्रिया दिनुस