गुल्मी असार १६ , नेकपा (क्रान्तिकारी माओवादी) निकट देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपाल र अखिल क्रान्तिकारी ५ नं प्रदेशले छुट्टा छुट्टै संकलन गरेको रकम पहिलो पीडितहरुलाई राहत हस्तान्तरण गरेको छ । अर्जुन तरामुले सञ्चालन गरेको कार्यक्रममा क्रान्तिकारी माओवादी तथा देजमो ५ नं प्रदेशको तर्फबाट ३० हजार, अखिल ९क्रान्तिकारी ५ नं प्रदेशको तर्फबाट २० हजार र देजमो रुपन्देहीको तर्फबाट १० हजार गरी संकलित ६० हजार रुपैयाँ रकम र लुगा कपडा देजमोका केन्द्रीय उपाध्यक्ष केवी गुरुङले मंगलबार सत्यवती गाउँपालिकाका वडा नं ३ का अध्यक्ष रुक बहादुर रानामार्फत् पीडितहरुलाई हस्तान्तरण गरेका छन ।

सो अवसरमा क्रान्तिकारी माओवादीका पिविएम तथा गुल्मी इन्चार्ज धनेश्वर पोखर, गुल्मी जिल्ला सेकरेटरी टिकाराम राना, रुपन्देही जिल्ला सेकरेटरी बिनोद मरासिनी लगायतका नेताहरुको उपस्थिति रहेका थिए ।

अखिल क्रान्तिकारीले राहत रकम विध्यालय, कलेज लगायत सर्वसाधारणसँग संकलन गरेको थियो । विध्यार्थी, शिक्षक तथा सर्वसाधारणबाट संकलन गरिएको रकम पहिरो पीडितलाई बुझाइएको विध्यार्थी नेता महेश श्रेष्ठले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुस