काठमाण्डु – बिहीबारका लािग बोलाइएको प्रतिनिधिसभा बैठक स्थगित भएको छ । भोलि २२ गते बस्ने भनिएको बैठक पुस २८ गते बस्नेगरि स्थगित गरिएको हो । बैठक पुस २८ गते दिउँसो १ बजे बस्ने संसद सचिवालयले सूचना प्रकाशन गरी जानकारी दिएको छ ।

नेकपा एमालेको आग्रहमा बैठक सारिएको संसद सचिवालयले जनाएको छ । एमालेको केही जिल्लामा अधिवेशन हुन बाँकी छ । त्यसैले केही नेता जिल्ला बाहिर भएकाले एमालेले बैठक सार्न आग्रह गरेको हो ।

प्रतिक्रिया दिनुस