कञ्चनपुर, । महाकाली अस्पतालमा राशन ठेक्कामा अर्को फण्डा मच्चिएको छ । चालु आर्थिक बर्ष २०७८÷०७९ का लागि आब्हान गरिएको राशन ठेक्कामा फण्डा मच्चिएको हो ।

महाकाली अस्पतालका कर्मचारीले आफन्तलाई ठेक्का दिलाउनका लागि चलखेल गरेका छन । भीमदत्त नगरपालिका २उल्टाखामका स्थानीय नविन शाहले टेण्डर आब्हानका लागि आकास निर्माण सेवा मार्फत २१ पुष ११ः५५ मा उनी आफ्ना सहकमी पदम बहादुर बोहरालाई लिएर टेण्डर दर्ताका लागि अस्पताल पुगे ।

 

अस्पताल प्रशासनको दर्ता फाँटामा ११ः५५बजे टेबुलमा फाईल बुझाएका शाहको फाईल नै दर्ता गरेन । अन्य ठेकेदारपनि टेण्डर दर्ताका लागि अस्पताल प्रशासनमा पुगेका थिए । लाह छाप सहित शिलबन्द गरिएको फाईल नै गायब गरिदिएका छन । ‘मैले बैंक भौचर सहित लिएर शिलबन्दी खाम लिएर प्रशासनमा पुगेर बुझाए, ‘उनले भने, ‘तर मेरो फाईल नै गायब गरिदिए ।’

 

महाकाली अस्पतालका कार्यालय सहयोगी चाम पाण्डेले टेबुलमा शाहले दिएको फाईल देखेको र कसले गायब गरेको थाहा नभएको शाहका सहकर्मी एव पत्रकार पदम बोहराले बताए । शाहले अस्पताल भित्रकै केही कर्मचारीको चलखेलमा आफ्नो टेण्डर गायब गरिएको बताए । शाहले महाकाली अस्पतालमा टेण्डर चोरी र घोटाला भईरहेको भन्दै छानबिनका लागि प्रशासनमा समेत उजुरी दिएका छन ।

 

टेण्डर पुन हुनुपर्ने माग अघि सारेर उनले प्रशासनमा उजुरी दिएका हुन । महाकाली अस्पतालमा राशन टेण्डरमा घोटाला अनियमितता हुँदा समेत छेउमै रहेको अख्तियार कुम्भकरण निन्दामा छ । अनियमितता भएको थाहा पाएपनि अख्तियारले चासो देखाउनुको साटो कुम्भकरण जस्तै निन्द्रामा छ । टेण्डर गायब भएका ठेकेदारले समेत अख्तियार लगायतका नियकायले चासो दिनुपर्नेमा जोडदिए ।

 

अस्पतालले पोषण कार्यक्रम र असाहय, अपाङ्गताका लागि अस्पतालले टेण्डर आब्हान गरेको थियो । महाकाली अस्पतालका सिओ नन्दराज भट्टले कार्यालय समय अघि ६टेण्डर दर्ता भएको बताए । उनका अनुसार ६ टेण्डर दर्ता भएका छन । नविन शाहको टेण्डर १२ः६ बजेतिर आएको थियो ।

 

‘समय अघि आएका टेण्डर दर्ता गरेको हौँ, ‘उनले भने, ‘कार्यालय तोकिएको समय पछि आएको टेण्डर दर्ता गर्न मिल्दैन, कसैले टेण्डर समेत गायब गरेको छैन ।’ पुन टेण्डर नभए अस्पताल बिरुद्धमा मुद्दा गर्ने शाहले चेतावनी दिएका छन । अस्पताल सुधारोन्मुख हुँदा कहिले चमेनागृह, कहिले सटर कहिले केही न केही काण्डले गर्दा बदनाम भईरहेको छ ।

प्रतिक्रिया दिनुस