बैतडीः नेकपा (एकीकृत समाजवादी)को सङ्गठन विस्तार अभियान अन्तर्गत जिल्लाका १० पालिकामा कमिटी गठन गरिएका छन्। नेकपा (एकीकृत समाजवादी) का जिल्ला अध्यक्ष महादेव भट्टले छ गाउँपालिका र चार नगरपालिकामा कमिटी गठन गरिएको जानकारी दिए।

सो पार्टीले सङ्गठन विस्तार गर्ने कार्यलाई तीव्रता दिएको छ। तीन महिनासम्म जारी रहने उक्त अभियानमा सबैस्तरमा कमिटी गठन गरिने र त्यसपछि सङ्गठन सुदृढीकरणको कामलाई अगाडि बढाइने दशरथचन्द नगरपालिका कमिटीका अध्यक्ष दिनेश ठगुन्नाले जानकारी दिए। यसअघि रहेको समानान्तर जिल्ला कमिटी पनि एकीकृत समाजवादीमा समाहित भएको थियो।

प्रतिक्रिया दिनुस