कञ्चनपुर पुष २१ । कञचनपुरको शुक्लाफाँटा नगरपालिकाले उपमेयर सुरक्षित मातृत्व प्रोत्साहन कार्यक्रम सञ्चालनगरे संगै सुत्केरी अवस्थामा पोसिलो खानेकुरा खुवाउनु पर्छ भन्ने सन्देश दिन शुक्लाफाँटा नगरपालिका वार्ड १ का महिलालाइ घिउ र अण्डा उपहार प्रदान गरिएको छ ।शुक्लाफाँटा नगरपालिका वडा नं. १ मा वन्साह शहरी स्वासथ्य किल्निकले वडा नम्बर १ भित्रका सुत्केरीलाई पौष्टिक आहार सहयोग गरेको हो ।

 

स्वास्थ्य संस्थामा प्रसूति गराउने ५ आमाहरुलाई मंगलवार एक कार्यक्रका विच उपहार प्रदान गरिएको छ । शुक्लाफाँटा नगरपालिकाले उपमेयर तुलसी देवि हमाल,प्रमुख प्रशासकिय अधिकृत टिकेन्द्र प्रसाद भट्ट,वडा अध्यक्ष हरिष बहादुर विष्टले एक केजी घिउ र एक क्रेट अण्डा उपहार स्वरुप प्रदान गरेका थिए । सुत्केरी अवस्थामा पोसिलो खानेकुरा खुवाउन पर्छ भन्ने सन्देश फौलियोस् भन्ने उद्धेश्यको लागि कार्यक्रमको आयोजना गरिएको शुक्लाफाँटा नगरपालिकाले उपमेयर हमालले बताए ।

 

यस आर्थिक वर्षमा नगर भित्रका सुत्केरीलाई लक्षित गर्दै गरिएको कार्यक्रमले घरमा सुत्केरी गराउने प्रचलन समेत अन्त्य भएको बताइएको छ । विपन्न समूहका घर परिवारमा सुत्केरी अवस्थामा स्याहार सुसार कम हुने र बालबालिकाको भविष्य र आमाको स्वास्थ्य प्रति गरिने खर्च नभई लगानीको रुपमा लिने गरिएको यस्तो व्यवस्था गरिएको शुक्लाफाटा नगरपालिका स्वासथ्य शाखाका उपसंयोजक निलावती भट्टले बताइन ।

प्रतिक्रिया दिनुस