कञ्चनपुर साउन १८ , कञ्चनपुरको ,महेन्द्रनगर कारागार रोड छेउमा एक युवक मृत फेला परेका छन् ।भीमदत्त नगरपालिका–१८ सालघारी सुकुमबासी बस्तीका स्थानीय दुखिराम डगौरा आज बिहान मृत फेला परेका हुन् ।

शुक्रबारदेखि घरपरिवारको सम्पर्कमा नआएका २४ बर्षिय दुखि शनिबार भीमदत्त नगरपालिका–४ महेन्द्रनगर कारागार रोड छेउमै मृत फेला परेका हुन् ।

दुखिरामकी भाउजु जुना डगौराले गत शुक्रबार खाना पकाउने ग्याँस सिलिण्डर बेच्न नदिएपछि रिसाएर घर परिवारको सम्पर्कमा नआएको बताए ।‘ उनका अनुसार अविवाहित दुखि मदिरा सेवन गर्दै आएका थिए ।दुखिराम डगौरा को शव परीक्षणका लागि महाकाली अस्पतालमा राखिएको छ ।कञ्चनपुर प्रहरीले दुखिको मृत्युको कारण बारे अनुसन्धान भईरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुस