कञ्चनपुर असार १८ ,कला संस्कृतिको संरक्षण र सम्वर्दन, समृद्धि र पहिचानमा हाम्रो अभियान”भन्ने मुल नाराका साथ आज बेलडाँडी गाउपालिकामा पहिलो पटक रानाथारु समुदायको तीज मिलन कार्यक्रम भब्यताका साथ सम्पन्न गरेका छन ।

सुदूरपश्चिमको कञ्चनपुर र कैलालीमा मात्र रहेका रानाथारु समुदायले आजकै दिन तीज मनाउने गर्दछन् भने बेलडाँडीका रानाथारुहरुले सार्वजनिक रुपमा पहिलो पटक औपचारीक कार्यक्रम गरेर तीज मनाएका छन् ।

कञ्चन सामुदायिक विकास केन्द्रको आयोजना र बेलडाँडी गाउँपालिकाको आर्थिक सहयोगमा कार्यक्रम संचालन गरेको उक्त कार्यक्रमका संचालक गिता राना क्षेत्रीले जानकारी गराउनु भयो । उहाँका अनुसार सबै जाती धर्म संस्कृतीको जर्गेना भएको तर अहिले सम्म रानाथारु महिलालाई सम्मान र वहाँहरुले सबै पर्व मध्ये ठुलो पर्वका रुपमा मनाउने तीज लोपहदुै गएको बेलामा कञ्चन सामुदायिक विकास केन्द्रको ध्यान पुगेको र पहल गरेको बताइन ।

बेलडाँडी गाउँपालिकाका अध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथि समेत रहेका धन बहादुर थापा ज्युले भने रानाथारु समुदायले मनाउने तीज कार्यक्रमलाई गाउँपालिलकाले सहयोग गरेको बताए । कार्यक्रम अति राम्रो भएको बताउदै राना महिलाहरुले आफ्नो दाजु,भाई र भदैको आयु र द्धिघायुका लागि बर्त बस्ने चलन राम्रो रहेको जनाए । उहाँले भन्नु भयो यो संस्कृती जर्गेनाका लागि सबैले आ आफ्नो ठाउँबाट पहल गर्नु पर्र्ने बताउनु भयो ।

बेलडाँडी गाउँपालिकाकी उपाध्यक्ष तथा न्यायीक समितिकी अध्यक्ष कमला कार्कीले भन्नु भयो यो यस समुदायमा लुकेर रहेको संस्कृतिको जर्गेनाका लागि आफ्नो ठाउँबाट हुने सहयोग गर्ने बताउनु भयो ।

कर्यक्रमका बेलडाँडी गाउँपालिकाका ५ वटै वडाका वडा अध्यक्ष, वडा सदस्यहरु, विभिन्न संस्थाका प्रतिनिधी लगायत स्थानीयहरुको उपस्थीति रहेको थियो ।

प्रतिक्रिया दिनुस