सुदूरपश्चिम प्रदेशमा माघी पर्वको अवसरमा दुई दिन सार्वजनिक बिदा दिइएको छ । संघीय सरकारले १ माघमा सार्वजनिक बिदा दिएकोमा प्रदेश सरकारले भोलिपल्ट २ माघमा पनि माघीको अवसरमा बिदा दिएको हो ।

१९ वैशाखमा बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले गरेको निर्णयअनुसार माघीका अवसरमा प्रदेश सरकारले दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको थियो । तराई क्षेत्रमा बसोबास गर्ने थारु समुदायको नयाँ वर्ष र माघीलाई लक्षित गर्दै प्रदेश सरकारदे यो पर्वमा दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको हो । थारु समुदायले माघीको अवसरमा तीन दिन बिदा हुनुपर्ने माग गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुस