महेन्द्रनगर । कञ्चनपुरमा हात्तिको आक्रमणबाट एक महिला घाइते भएकी छन् । जिल्लाको भीमदत्तनगरपलिका–१९ बागफाँटाकी ८० वर्षीय कलावती भाटघाइते भएकी हुन् । शूक्रबार मेयर सुरेन्द्र बहादुर बिष्टले घाइते महिलाको उपचार र हात्तिबाट पीडित बनेका बस्तीको अनुगमन गरेका छन् । महिलालाई उपचारका लागी लगिएको नगरपालिकाले जनाएको छ ।

भीमदत्त नगरपालिका १९ का वडाध्यक्ष दामोदर महराले बिहिबार रात्रि ११ बजे हात्ति बस्ती पसेको बताए । उनका अनुसार हाक्तिले तीन घर भत्काएको छ । भने करिब डेढ विघा क्षेत्रफलमा रहेको तरकारी र अन्नबालीमा क्षती पु¥याएको छ । अनुगनपछि नगर प्रमुख विष्टले पिडितको अवस्था र क्षतीबारे जानकारी लिन स्थलगत अनुगमन गरिएको बताए । उनले क्षतीपुर्तीका लागि आवश्यक पहल गरिएको बताए ।

प्रतिक्रिया दिनुस