भुवन भट्ट, महेन्द्रनगर । कञ्चनपुरमा महाकाली सुगरमिल जोड्ने सडक सरकारी बेवास्ताका कारण कालोपत्रे हुन सकेको छैन । बेलौरी नगरपालिका–१० शिवनगर स्थित महाकाली सुगर मिल जोड्ने सडक निर्माण गर्न चासो नदिइँदा स्थानीयले सधैँ सास्ती खेपिरहनु परेको हो ।

हिउँमा धुलाम्य र बर्खामा हिलाम्य हुने कारखाना जोड्ने सडक मर्मतका लागी कारखानाले निर्माण गर्ने प्रतिबद्धता जनाएकै कारण जनप्रतिनिधी समेतले चासो नदिएको गुनासो गरिएको छ । मिल सञ्चालनमा ल्याउनुपुर्व महाकाली सुगर मिलले शिव नगरका स्थानीयसँग छलफल गरी १ किलोमिटर आसपासको सडक कालोपत्रे गर्ने सहमति गरेको थियो । तर ११ वर्ष बितिसक्दा समेत महाकाली सुगर मिलले सडक मर्मतमा चासो नदिएको स्थानीय शिवराज जोशीले गुनासो गरे ।

मिल सञ्चालनमा ल्याउनु पूर्व मिल सञ्चालकले कारखाना आसपास क्षेत्रको १ किलोमिटर सडक कालोपत्रे गर्ने सहमति गरेपनी सडकको अवस्था दयनीय रहेको उनले बताए । सरकारले समेत सडक मर्मतका लागी चासो नदिएको भन्दै स्थानीयले आपत्ति जनाएका छन् । सडकमा हिन्नै सकिने अवस्था नरहेको भन्दै उनले आगामी निर्वाचनमा जनप्रतिनिधीहरुलाई भोट नै नदिने समेत बताए । उनले भने,–‘निर्वाचित भए देखी अहिले सम्म सडक कालोपत्रेका लागी कहिले बजेट नभएको कहिले ठेकेदार नभएको भन्दै वडा अध्यक्ष जिम्मेवारीबाट पन्छिएका पायौ, सरकार पक्ष सधैँ नाहक देखिन्छ।’

No description available.

वडा नम्बर १० कै स्थानीय अर्जुन बहादुर सिंहले जनप्रतिनिधीहरुले सडक कालोपत्रे गर्नमा चासो नदिएका बताए । चिनी मिलले भित्रकै पिच गरेनी उखु र्पुयाउन सहज हुने उनी बत्ताउँछन् । उनले भने,–‘आफ्नै भित्र पिच गर्न सक्या छैन, बाटोको हालत यस्तो छ, मिल सञ्चालनमा आएपछि थुप्रैस्थानियले रोजगारी त पाएका तर सडकको विषयमा सरकार पनि बेखबर छ ।’

उनले भने,–‘स्थानियतहले हेर्नुपर्ने हो, ठुलो वडा समेत रहेको यो वडाको विकासका लागी स्थानियसरकार पनि बेखबर छ ।’
सडक कालोपत्रेको माग गर्दे पटक–पटक वडा कार्यालय र नगरपालिका धाएपनी बेवास्ता गरिएको उनले दुखेसो पोखे ।
महाकाली सुगर मिलका प्रबन्धक कालु पाण्डेले सडक कालोपत्रे गर्ने कुनै लिखित सम्झौता नभएको जिकिर गरे ।

मिललाई मुनाफामा लग्न नसकिँदा मिलभित्र नै मर्मत सम्भार गर्न नसकिएको उनले बताए । तर स्थानीय सरकार भने बेखबर भइदिँदा आम नागरिकले सास्ती खेप्नुपरेको उनले बताए । उनले भने,–‘नगरपालिकाले बजेट छुट्टाएर कालोपत्रे गरिसक्नुपर्नेमा कुनै चासो नै दिएको छैन।’
बेलौरी नगरपालिकाले यस वर्ष उक्त क्षेत्रमा सडक मर्मत गर्ने भन्दै १० लाख रुपैयाँ बजेट छुट्टाएको थियो । तर मर्मतको कार्य भने कहिल्यै नभएको स्थानीय बत्ताउँछन् । स्थानीय तारा विकले सडक भएर हिन्नै नसकिने अवस्था रहेको गुनासो गरिन् ।

No description available.
बेलौरीनगरपालिकाले भने सडक कालोपत्रेका लागी प्रदेश र सङ्घ सरकारसँग बजेट माग गरिएको जनाएको छ । नगरपालिकाका प्रवक्ता विनोद नेपालीले बिहीबार कार्यपालिका बैठकबाट निर्णय गरी आगामी आर्थिक वर्ष देखी सडक कालोपत्रे हुने गरी बजेट माग गरिएको जनाए ।

सामान्य मर्मतका लागी वडा कार्यालयले केही बजेट छुट्टाएको भएपनी कालोपत्रेका लागी समपूरक बजेट माग गरिएको उनले जनाए ।

बेलौरीनगरपालिका १० का वडा अध्यक्ष हरिलाल चौधरीले मिल जोड्ने सडक मर्मत लागी १० लाखको योजना परेको बताए । तर काम अगाडी नबढ्दा केही समस्या खेप्नुपरिरहेको उनी बत्ताउँछन् । अध्यक्ष चौधरीले माघ दोस्रो सातादेखी सडक कालोपत्रे काम अगाडी बढाइने जानकारी दिए । उनले भने,–‘ बजेट न्यून हुँदा सय किलोमिटर सडक कालोपत्रे गर्ने योजना छ, थप प्रदेश र सङ्घ सरकारको सहयोगमा सडक निर्माण अगाडी बढाउने छौँ ।’

प्रतिक्रिया दिनुस