महेन्द्रनगर । कञ्चनपुरमा कोरोना संक्रमणदर दिनानुन बढ्दै गएको छ । सुक्रवार थप एक सय सात जनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालयले जनाएको हो ।

गड्डाचौकी नामा गरिएको परिक्षणमा ८६ जनामा, भीमदत्तनगरपालिकामा १४ जना, बेलौरी नगरपालिकामा ५ जना, बेदकोट र कृष्णपुर नगरपालिकामा १–१ गरि १ सय ७ जनामा संक्रण पुष्टि भएको स्वास्थ्य कार्यालयका कम्प्युटर अपरेटर महेन्द्रा भट्टले जानकारी दिइन् ।
जिल्लामा पछिल्लो २४ घण्टामा ४६ जना संक्रमण मुक्त भएका उनले जनाइन् । जिल्लामा ६ सय २० जना सक्रिय संक्रमित रहेको जनाइएको छ ।

प्रतिक्रिया दिनुस