कञ्चनपुर साउन २२ ,कञ्चनपुरको दक्षिणी क्षेत्र बेलौरीबाट भारतीय अबैध ब्रोईलर कुखुरा इलाका प्रहरी बेलौरीले बरामद गरी नष्ट गरिएको छ ।बेलौरीको खुल्ला नाका प्रयोग गरि अबैध रुपमा हिजो राती करिब १२ बजे तिर ४ वटा मोटर साइकलमा शान्तीपुर लैजादै गरेको ४५० किलो बराबर अबैध ब्रोइलर कुखुरा र मोटरसाइकल बरामद गरेको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय बेलौरीका प्रहरी निरीक्षक रण बहादुर चन्दको निर्देशनमा खटिएको टोलीद्धारा बरामद गरिएको अबैध ब्रोइलर कुखुरालाई स्थानीय, पत्रकार र ब्यापारीको रहोवरमा बुधबार नष्ट गरिएको जनाईएको छ ।

भारतीय अबैध ब्रोईलर कुखुरा लगायतका अवैध सम्पुर्ण सामग्रीहरु नियन्त्रणका लागि नयाँ प्रहरी निरीक्षकले केही दिन यता देखि आफ्नो सक्रियता बढाएको देखिएको छ । प्रहरीको आखाँ छल्दै तस्करहरुले अबैध ब्रोइलर कुखुरा, मासु र मासुजन्य पदार्थको तस्करी भने खुल्ला नाकाका कारण नेपाल भित्र्याउने गरेको पाइएको छ ।

बेलौरी इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक रण बहादुर चन्दले भने यस्तो अवैधानीक कुनै पनि काम आफ्नो आखाँ अगाडी हुननदिने बताउदै आफ्नो डिउटी बाट पछि नहट्ने बताउन्भयो।

प्रतिक्रिया दिनुस