भुवन भट्ट
महेन्द्रनगर २२ श्रावण । निर्मला हत्याकाण्डको विषयमा अन्र्तवार्ताका लागि बोलाईका वरिष्ठ पत्रकार खेम भण्डारी सँगको कुराकानी निष्कर्ष बिहिन टुङ्गिएको छ । न्युज –२४ नामक टेलीभिजनको सिधाकुरा जनतासँगको कार्यक्रमका प्रस्तोता रबि लामिछानेले केहि दिन पहिले मात्रै कञ्चनपुरका पत्रकार भण्डारीलाई मँगलबारको सो मा उपस्थितीका लागि आग्रह गरेका थिए । तर उनले अन्र्तवार्ताको प्रक्रिया बिपरीत गएर कार्यक्रम अगाडी बढाउदा पत्रकार भण्डारी बिचको कुराकानी निष्कर्ष बिहिन टुङ्गिन गएको हो ।
सँचारकर्मि लामिछाने निर्मलाहत्याकाको विषयमा केहि रिपोर्टहरु प्रसारण गर्दे निर्मलाहत्याकाण्ड अपवाह बनाईएको आरोप लगाउदै आएका छन् । उनले निर्मला हत्याकाण्ड सामान्य घटना हुन सक्ने तर घटनाको सुरुवाती चरण देखीनै नागरीक अधिकारकर्मि , महिला अधिकारकर्मि , सर्वसाधारण र कञ्चनपुरका पत्रकारले घटनामा उठाएका विषयले प्रहरीलाई अनुशन्धानमा बाधा पुगाएको सिधाकुरा जनतासँग कार्यक्रमा दाबिका साथ प्रशारण गरीरहेका छन् । उनले अदालत बाटनै निर्दोष ठहर गरीएका कञ्चनपुरका दिलीप बिष्ट घटनाको दोषि भन्दै निराधार अभिव्यक्ति दिईरहेका छन् ।
न्यूज–२४ टेलिभिजनका प्रस्तोस्ता लामिछानेले पत्रकार भण्डारीलाई टेलीफोन अन्र्तर्वातामा कुराकानीका लागि समय माग गरेका थिए । तर कार्यक्रम सुरु हुनु पुर्व केहि मिनेट पहिले मात्रै पत्रकार भण्डारीलाई खबर गरीएपछि उत्त अवधीमा घटनाको विस्तृत कुरा तथा तथ्य प्रमाण सहित राख्ने अवस्था नरहेको भन्दै पत्रकार भण्डारीले फोन अन्र्तवार्तामा बोल्न चाहेका थिएनन् ।
त्यसपछि न्यूज–२४ सँग टेलीभिजमै पुरै समय अन्र्तवार्तामा बस्ने सहमति भएपछि पत्रकार भण्डारी काठमान्डु जान तयार भएका थिए । सँचारकर्मि लामिछानेले पत्रकार भण्डारी सँगको कुराकानी भनेर आफ्नो फेसबुकमा समेत जानकारी गराएका थिए । उनले सोहि सहमति पत्रकार भण्डारी सँग पनी गरेका थिए । तर अन्र्तवार्ता सुरु भएको केहि मिनेटमै लामिछानेको कार्यक्रममा नयाँ मोड आयो । यसले जनतामा एक किसिमको सँका मात्रै उत्पन्न गराएन लामिछानेको कार्यक्रम प्रायोजीत भएको निष्कर्षमा पुगे ।
सँचारकर्मि लामिछानेले अन्र्तवार्ताका क्रममा प्रस्ट बताएका छन “ सिआईबिका अँगुर जिसि अनुशन्धान विज्ञ हुन , उनको अनुशन्धानलाई प्रभावित पारीयो उनले पत्ता लगाएका दोषि माथि कार्वाहि हुन सकेन जसको मुख्य बाधक पत्रकार भण्डारी र कञ्चनपुरका जनता” ।
सँचारकर्मि लामिछाने माथि पत्रकार भण्डारीले जिसी लाई कार्यक्रममा ल्याईनुको कारण माग गरेका थिए तर लामिछानले कुनै ठोस जवाफ भने दिन सकेनन । “ जिशि र तपाईलाई आमने सामने गर्ने सोच थियो , यसको पहिले जानकारी गराएन यस बाट उत्पन्न हुने परीणाम भोग्न तयार छु ” सँचारकर्मि लामिछानेले भने ।
पत्रकार भण्डारीमाथी कार्यक्रममा अधिकासँ आरोपहरु लगाईका थिए । तर उनले ति आरोपहरुको क्रमश खण्डन गरी दिए । उनीमाथी एसपि डिल्लीराज बिष्ट लाई फसाउन खोेजेको , कञ्चनपुरका जनतालाई भड्काई आन्दोलन गराउन बाध्य पारीएको , दिलीप बिष्टलाई बचाउन खोजेको , बमदिदी बहिनीका विरुद्ध समाचार तयार पारेको , प्रहरीको अनुशन्धानमा बाँधा पु¥याएको लगायतका आरोपहरु लगाईएका थिए । तर पत्रकार भण्डारीले सबै आरोपहरुको एक एक गरी खण्डन गर्दे कार्यक्रममा घटनाको सुरुवाती चरण देखी गरीएका गतिविधिहरुको वास्तविक जानकारी गराएका छन् । जस बाट सँचारकर्मि लामिछाने आलोचित मात्रै हुन पुगेका छैनन , उनीमाथी निर्मलाको वास्तविकता वाहिर ल्याउनको साटो प्रहरी सँग मिलोमितो गरी घटना उल्ट्याउन खोजेको गम्भिर आरोप समेत लाग्न थालेको छ ।
पत्रकार भण्डारी सँग भएको २ घण्टा ४५ मिनेटको ऐतिहासिक कार्यक्रमले कुनै निष्कर्षमा पुग्ने अपेक्षा गरीएको थियो । तर कार्यक्रमा जिसिको उपस्थीतीले नैरास्यता उत्पन्न गराएको कतिपय विस्लेषकहरुको भनाई छ । कार्यक्रम जसरी अगाडी बढाईनु पर्ने हो त्यसरी गएन केवल पत्रकार भण्डारीलाई सोझ्याउने चलखेल गरीएको रहेछ , तर पनी सफल भएनन,” एकजना विस्लेषकले भने “रबि जिले जुन तडकभडक देखाउथे त्यो भण्डारीका अगाडि टिकेन ” ।
पत्रकार भण्डारीलाई सिधाकुरा जनतासँग कार्यक्रममा बोलाउनका लागि लामिछानेले पटक पटक सम्पर्क गरेका थिए । अन्र्तवार्ताको समयबढाईने सहमति पछि भण्डारी काठमान्डौ पुगेका थिए । तर करीब ३ घण्टा सम्मको कार्यक्रममा डिएसपि जिसि दिलीप बिष्टलाई दोषि बनाउने प्रयासमा लागि रहे । उनले निर्मलाको साईकल भेटिएको खोलाको डिलमाथी उनको बलत्कार भएको सुनाउदै मानसिक अवस्था बिग्रिएका दिलीपको सँलग्नता भएको बताएका थिए । तर दिलीप दोषिहुन सक्ने उनले यकिन प्रमाण भने जुटाउन सकेनन । उनले निर्मलाको घाँटी च्यापेर बलत्कार भएको , खोलामा किताब नभिजेको , लास पाईएको क्षेत्र उखुबारीमा कुनै क्षती नपुगका विषयमा भने मौन रहे । डिएसपि जिसिमाथी दिलीपका घरमा गएर सटको खल्ती च्यात्न लगाई घटना स्थलमा लगी दिलीपलाई दोषी बनाउन खोजेको आरोप लाग्दै आएको छ । डिएसपि जिसिले घरमै गएर सटको खल्ची च्यातेर लगेका दिलीपका दाजु खड्क बिष्टले दाबि गर्दे आएका छन् ।
प्रहरीले निर्मलाहत्याप्रकरणमा कसका लागि प्रमाण नष्टगरेको थियो भन्ने विषय दम्काईदै गएको छ । लास पाईएको क्षेत्रमा सिलबन्दी नगरीनु , लगाएका कपडा पखालीनु , निर्मला गृहकार्य गर्न गएको घरबाट अनुशन्धान नगरीएको , होटल ओपेरा तथा बजार क्षेत्रमा लगाईका सिसिटिभि फुटेज गायव गरीएका , पटक पटक निर्दाेष फसाउने प्रयास गरीएको लगायतका आरोपहरु प्रहरीमाथी लाग्दै आएका छन् ।

प्रतिक्रिया दिनुस