दिपक राज भट्ट् (डिआर भट्ट्) – सवारी दुर्घटनामा परि गत आर्थिक बर्षमा डडेल्धुरामा ३५ जनाको मृत्यु भएको छ । भने १२९ जना अङ्गभङ्घ भएकाछन । डडेल्धुरामा १६ ओटा सवारी दुर्घटनामा परि २७ पुरुष र ८ महिलाको ज्यान नै गएको जिल्ला ट्राफिक प्रहरी कार्यालय स्याउले डडेल्धुराले जनाएको छ ।

आथिक बर्ष २०७५÷७६ मा भएका सवारी दुर्घटनामा परि ३३ जना गम्भिर प्रकृतिले घाइते छन भने ९६ जना सामान्य घाइते भएका थिए । दुर्घटनाममा परि जम्मा १६४ जना पिडित भएकाछन । मापदण्ड विपरितका ग्रामिण सडक, तिव्र वेगमा गाडी हुकाउनु, गाडी चालक तथा यात्रुहरुले संयमता नअपनाउनु तथा ट्राफिक प्रहरीको लापरवाहीले सवारी दुर्घना भएका जिल्ला ट्राफिक प्रहरी कार्यालय स्याउले डडेल्धुराका प्रमुख प्रहरी नायव निरिक्षक देव बहादुर खत्रीले जानकारी दिए ।

उद्यपि सवारी दुर्घटना हुने क्रम भने घटेको उनले जिकिर गरे । २४ लाख ४२ हजार राजश्व संकलन जिल्ला ट्राफिक कार्यालय डडेल्धुराले गत आर्थिक बर्ष भरिमा २४ लाख ४२ हजार राजश्व संकलन गरेको छ । ट्राफिक नियम पालना नगर्ने ३९२१ सवारी साधन कारवाहिमा सो रकम संकलन भएको ट्राफिक प्रहरी कार्यालय डडेल्धुराका प्रमुख ‘प्रनानि’ देव बहादुर खत्रीले जानकारी दिए ।

गत आथिक बर्षमा ७० यात्रुवहाक बस कारवाहि हुँदा १लाख ६९ हजार, ११ सय ९२ ट्रक कारवाहिमा ७ लाख ९२ हजार ५ सय, ३ सय ७८ ट्याक्टर कारवाहिमा २ लाख २२ हजार, ४ सय ३३ मोटर साइकल कारवाहिमा २ लाख ८३ हजार ५ सय र १६ सय ४९ जिप, कार तथा अन्य सवारी साधन कारवाहिमा ९ लाख ७८ हजार राजश्व संकलन भएको छ । क्षमता भन्दा बढी सवारी, मालसमान ढुवानी गर्ने, ट्राफिक नियम उलङ्घन गर्ने सवारी साधनलाइ कारवाहि गरेको उनले बताएकाछन ।

प्रतिक्रिया दिनुस