दिपकराज भट्ट् (डिआर भट्ट्)
डडेल्धुरा साउन २३ , डडेल्धुरा सदरमुकाममा ट्याक्टर दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ। अमरगढी नगरपालिका–५, खलंगा खानेपानी ट्ङ्याकी नजिकै बुधबार साँझ से२त १०४५ नम्बरको ट्याक्टर पल्टिएको हो। दुर्घटनामा भागेश्वर गाउँपालिका–४, रतनी घर भई हाल डडेल्धुरा सदरमुकाममा बस्ने अन्दाजी २८ वर्षीय सुरेश विष्ट (समीर) रहेको प्रहरीले जनाएको छ ।

ट्याक्टर सडकभन्दा करिब ५० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायब उपरीक्षक ददिराम न्यौपानेले जानकारी दिए।उनको डडेल्धुरामा उपचार हुन नसकेपछि जिल्ला बाहिर रेफर गरिएको थियो। उपचारका लागि बाहिर लैजाँदै गर्दा उनको बाटोमै मृत्यु भएको प्रहरी नायब उपरीक्षक न्यौपानेले जानकारी दिए । विष्ट कुमारी बैंक डडेल्धुराका क्रेडिट मेनेजर तथा रेडियो अमरगढी ९७.४ मेगाहर्ज डडेल्धुराका ‘एकाउन्टेन्ट’ समेत हुन् । दुर्घटनाको कारण खुल्नु नसकेको प्रहरि कार्यालयले जानकारि दिएको छ ।

प्रतिक्रिया दिनुस