कञ्चनपुर । कञ्चनपुरका क्यारिङ्गकर्ता आन्दोलित भएका छन । भन्सारले ज्यादती गरेको भन्दै उनीहरु आन्दोलित भएका हुन । भारतसंग जोडिएको सयौँ किलोमिटर क्षेत्रबाट खुलेयाम तस्करी हुँदा आफुहरुले भन्सार तिरेर समान ल्याउँदा समेत भन्सार कार्यालयबाट कोरोनाको बहाना बनाएर रोक्ने र अवरोध गर्ने काम भएको भन्दै आन्दोलित भएका छन ।
कोरोना बड्दै गएपछि १० माघदेखि जिल्ला कोभिड व्यवस्थापन समितिले कोरोना मध्यनजर गर्दै भारतबाट साईकलमा क्यारिङ्ग गर्ने रोक लगाउने निर्णय गरेको थियो । भारतबाट जिपकार, ट्रकमा धमाधम समान आउन दिने तर, साईकल मार्फत समान ल्याउँदा रोक लगाउने काम गरेको भन्दै आन्दोलनमा उत्रिनु परेको उनीहरुले बताएका छन ।
साहुको समान बोकेर दैनिक गुजारा चलाउँदै आएका क्यारिङ्गकर्ताले कोरोनाको बहाना बनाएर भन्सारले गरिबको गासमाथि लात हानेको बताएका छन । उनीहरुले ठुला तस्करबाट मोटो रकम घुस खान सजिलोका लागि कोरोनाको बहाना बनाएर आफुहरुमाथि प्रहार गरिएको बताएका हुन । जिल्लाका अन्य खुला नाकाहरुबाट धमाधम तस्करी हुँदा चुप बस्ने भन्सार सशस्त्र प्रहरीले उनीहरुलाई लाईन लिएर छुट दिएको आरोप छ ।
क्यारिङ्गकर्ता पार्वती ठकुराठीले कोरोनाको बहाना बनाएर विपन्न नागरिकमाथि विभेद गरिएको बताए । ‘म २५ बर्षदेखि भारतबाट साहुको समान ल्याएर घर परिवार चलाउँदै आएको छु, ‘उनले उनिन, ‘कोरोनाको बहाना बनाएर जान दिने तर समान ल्याउँदा सशस्त्र प्रहरी लगाएर रोक्ने काम भएको छ ।’
भन्सार काटेर समान ल्याउछौँ भन्दा पनि अवरोध गर्ने, तर जुवा खेल्न आउन दिने, गाडीका गाडी समान भित्र्राउने दिने अवैध रुपमा घुस खाने प्रवृतिको विकास हुँदा भन्सारले प्रशासनलाई झुक्याएर उक्त निर्णय गराएको व्यवसायीको आरोपछ । , अर्की क्यारिङ्गकर्ता सरस्वती खुनाले विपन्न भएकै कारण भारतबाट बाध्य भएर साईकलमा क्यारिङ्ग गरेर साहुको समान ओसार्दै आएको बताईन ।
‘हामी पनि धनी भएको भए अर्काको मुलुकबाट समान किन ? ल्याउँथे, ‘उनले भनिन, ‘हामीमाथि यस्तो विभेद भयो ।’ भन्सारबाट समान ल्याएर राजस्व तिर्नेमाथि डण्डा र तस्करमाथि छुट दिएको उनको दुखेसो छ । ‘के हामीले राजस्व तिछौँ भन्दा पनि समान ल्याउन नपाउने ।’ कञ्चनपुरका मजदुर नेता धिरेन्द्र साउदले भन्सारका कर्मचारीले साना क्यारिङ्गकर्ताबाट घुस लिन असजिलो हुने भएकाले साईकल मार्फत हुने क्यारिङ्ग रोकिएको बताए ।
‘साईकलमा समान ल्याउँदा कोरोना लाग्ने, तर ‘ठुला सवारी साधनबाट समान ल्याउन दिने कस्तो चलन हो ।’ भन्सार कार्यालय कञ्चनपुरका सुचना अधिकारी प्रमानन्द जोशीले कोभिड संक्रमण बढेकाले जिल्लाबाटै क्यारिङ्ग मार्फत हुने नेपाल भारत साईकल रोक्ने निर्णय अनुरुप रोकिएको बताए । ‘हामी त समान ल्याउनेको भन्सार काट्न तयार छौँ, ‘उनले भने, ‘तर यो जिल्लाको निर्णय हो ।’
क्यारिङ्गकर्ता विस्थापित गरेर ठुला व्यवसायी तस्करबाट रकम अशुल्ने भन्सारको कतै योजना त होईन भन्ने प्रशनमा प्रवक्ता जोशीले यो गलत बुझाई भएको जवाफ दिए । व्यवसायी स्रोतका अनुसार भन्सारका नयाँ कार्यालय प्रमुख आएसंगै क्यारिङ्गकर्ता मार्फत रकम अशुल्न नसकिने ठुला व्यवसायी तस्करबाट रकम लिन सकिने भएकाले साईकल विस्थापित गराउने प्रपञ्च रहेको छ ।
जिल्लाभरी खुलेयाम तस्करी हुने, तर बनबासा गड्डाचौकी भन्सार भएर समान ल्याउने क्यारिङ्गकर्ताले भन्सार काटेर समान ल्याउन दिनु भन्दा रोक्ने नियत हो, भन्दै प्रशन गरिरहेका छन ।