कञ्चनपुर माघ २० । एनआई सी एशिया लघुवित्त वित्तीय संथाले चिसोबाट प्रभावित गोकुलेश्वर डडेल्धुराका २० गरिब तथा विपन्न समुदायका परिवारलाई कम्बल वितरण गरिएको छ ।एन आई सी एशिया लघुवित्त वित्तीय संस्था लि. गोकुलेश्वर शाखाले त्यस समुदायका २० गरिब तथा विपन्न परिवारलाई कम्बल वितरण गरेको हो ।

उक्त कार्यक्रममा डिलाशैनी गाँउपालिका वडा नं ५ का अध्यक्ष मान बहादुर बोहरा, गोकुलेश्वर प्रहरी चौकी इन्चार्ज रोहित कुँवर, एन आई सी एशिया लघुवित्त डडेल्धुरा उप–क्षेत्रिय प्रमुख डिल्लिराज पाठक लगाएत केन्द्रका सेवाग्राही सदस्यहरुको उपस्थिती रहेको थियो ।केही दिन यता लगातार चिसो बढ्दा तथा शीतलहर चल्दा गरिब तथा अति विपन्न परिवारलाई असहज भइरहेको अवस्थामा संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत संस्थाले चिसोका कारण कसैले पनि अकालमै ज्यान गुमाउन नपरोस् भन्ने उदेश्यका साथ विपन्न परिवारको तथ्याङ्क संकलन गरेर न्यानो कपडा वितरण कार्यक्रम आयोजना गरेको हो ।


वितरण कार्यक्रमलाई सम्बोधन गर्दै एन आई सी एशिया लघुवित्त गोकुलेश्वर शाखा केन्द्र नं १ की अध्यक्ष आशा कुमारी सिंह पालले एकल महिला तथा विपन्न परिवारलाई कम्बल वितरण केन्द्रकै नेतृत्वमा कार्यक्रम गरेको र गत सातानै एसईईमा उत्कृष्ट गर्ने सेवाग्राही सदस्यका छोछोरीलाई पुरस्कृत गरेको सम्झिदै संस्थालाई धन्यवाद व्यक्त गर्दै, लघुवित्त संस्थाहरुले नै महिलाहरुलाई आत्म निर्भर, स्वउद्यम गर्न उत्प्रेरित गरेको भन्दै उनले एन आई सी एशियाको समुहमा आबद्ध भए पछि गाँउपालिकाकै उद्यम विकास कार्यक्रममा पनि सोहि समूह दर्ता गरि उद्यम विकास मन्त्रालयबाटनै उद्यम तथा तालिम कार्यक्रम संञ्चालन गरिरहेको बताएकी थिइन् । साथि संगै, सबल बन्दै भन्ने मूल नाराका साथ छोटो समयमै लघुवित्त संस्थाहरु मध्य अब्बल सेवा दिइरहेको एन आई सी एशिया लघुवित्तले समाजमा विभिन्न स्तरमा वित्तीय साक्षरता, सरफाई कार्यक्रम लगाएत विभिन्न जनचेतनामूलक कार्यक्रम गर्दै आइरहेको छ ।

प्रतिक्रिया दिनुस