कञचनपुर माघ २० । सुदूरपश्चिम विपासना  साधना धार्मिक वनका अध्यक्ष नारद पाण्डेले भीमदत्त नगरपालिकाको ९ नम्वर वार्डको उत्तरी चुृरेको ताराकोटमा बन्न लागेको विपासना साधना ध्यान केन्द्र बाहेक अन्य कुनै नियत नभएको बताएका छन् ।

ध्यान केन्द्र निर्माण कार्य विवादमा तानिएपछि वनका अध्यक्ष पान्डेले बिहिवार होटल ओपेरामा पत्रकार सम्मेलन गरेर बन्न लागेको विपत सेना साधना केन्द्रमा साधना केन्द्र समाजका लागि बाहेको अन्य कुनै उदेश्य नभएको बताए ।

साधना केन्द्र सञ्चालनमा आए पछि सुदुपश्चिम सँगै कञ्चनपुरको नाम अन्तराष्ट्रिय रूपमा चिनिने बताए । साधना गर्न सबै समुदायले पाउने समेत अध्यक्ष पान्डेले बताए

‘ध्यान केन्द्र निर्माण कुनै व्यवसाय एव अन्य उद्देश्य भन्दा समाजको हितका लागि हो’ उनले भने, ‘केही स्थानीयले नबुझेर विरोध गरेका छन् समाज लाई समेटेर समाजकै लागि साधना केन्द्र बन्न लागेको साधना सिविर सञचालन गरेर समाज हुने कुलत बाट छुट गराउने सव्य साधक बनाउने उदेश्य हो कुनै व्यक्ती लाइ नाफा हुने भन्ने केहि छैन साधकले दिएको गोप्य दानवाट साधना केन्द्र सञ्चालन हुने बताए । साधना केन्द्रबाट सधना नलिएको व्यक्ती दान समेत नलिने नियम विपासना साधना केन्द्रको रहेको बताए ।

साधना गर्न आउनेलाइ १० दिन सम्म खाने बस्ने निशुल्क व्यवस्था गरेर सधना गराउने संस्थाको उदेश्य रहेको पान्डेले बताए ।

आगामी फागुनदेखि ध्यान केन्द्र सञ्चालनमा ल्याउन बाटो निर्माण गरिएको उनले बताए । ‘चुरेमा डोजर लगेर वन फँडानी गरेको होइन’ उनले भने, ‘हाम्रो लक्ष्य वन सहित मानिसलाई तनावबाट मुक्त गराउने हो ।’साधना केन्द्रको समितिमा समेत ध्यान गरेका मान्छे मात्रै बस्ने प्रावधान रहेकाले स्थानीय समेट्न नसकिएको उनले बताए ।

पत्रकार सम्मेलनमा अध्यक्ष पाण्डेयले स्थानीयबाट अवरोध भए केन्द्र नबनाउने बताए । स्थानीय जनप्रतिनिधि र सामुदायिक वनकर्मीसंग समन्वय गरी काम गरिएको उनको भनाई छ । डिभिजन वन बाट साधना केन्द्र निर्माणका लागि १५  हेक्टर वन धार्मिक वनका नाममा छुट्याएर साधना केन्द्र निर्माण हुने तत्काल अस्थायी टहरा बनाएर ध्यान शिविर चलाउने तयारी रहेको बताए । जनताले बिरोध नबुझेर गरेको बताए हामि जनतालाइ बुझाएर सबैको सहकार्यमा साधना केन्द्र निर्माण गर्ने बताए ।

स्थानीयको बिरोध र दबावपछि ध्यान केन्द्रका लागि निर्माण गर्न लागिएको बाटो निर्माण रोकिएको छ ।

प्रतिक्रिया दिनुस