कञ्चनपुर, माघ २२ । कञ्चनपुरको कृष्णपुर दोमिल्लामा  मिलकोपट्टामा बेरिएर एक जना बालिकाको ज्यान गएको छ।

कृष्णपुर नगरपालिका वडा नम्बर १ दोमिल्ला रहेको मोहन बहादुर बस्नेतले सञ्चालन गरेको मिलमा बेरिएर दिल बहादुर खत्रीकी ११ वर्षीया छोरी ललिता खत्रीको ज्यान गएको प्रहरीले जनाएको छ ।

शुक्रबार दिउँसोको समयमा खेल्ने क्रममा अचानक चलिरहेको मिलको पट्टामा बेरिएर ललिताको ज्यान गएको बताइएको छ । मृतक बालिकाको शव परीक्षणका लागि महाकाली प्रादेशिक अस्पतालमा राखिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक चक्र बहादुर शाहले बताउनुभयो ।

प्रतिक्रिया दिनुस