काठमाण्डौं माघ २३ अमेरिकाले सुरुदेखि नै एमसीसी सम्झौतामा संशोधन सम्भव नरहेको स्पष्ट पारिरहँदा यहाँका केही संसदवादी राजनीतिक पार्टीहरु खासगरी तत्कालीन डबल नेकपा र हालको माओवादी केन्द्र तथा एसमाजवादी पार्टीका नेताहरुले एमसीसीको संशोधनको कुरा उठाइरहे । पटक पटक संशोधनको कुरा चलिरहँदा एमसीसीले भने संशोधन गर्न नसकिने विषय स्पष्ट पार्दै आएको छ ।
हालै पनि सत्तारुढ गठबन्धनभित्र संशोधन गरेर पास गर्ने विषयको अलि बढी नै हल्ला चलिरहँदा एमसीसी मुख्यालयको डिपार्टमेन्ट अफ कम्प्याक्ट अपरेसन्सकी उपाध्यक्ष फातिमा सुमारले सम्झौता संशोधन हुन नसक्ने कुरा स्पष्ट पारेकी छन् ।

बरु सुमारले फागुन १६ सम्ममा एमसीसी अनुमोदन गरिसक्ने भनेर नेपालका प्रधानमन्त्री देउवा र सत्ता साझेदार माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले लिखित रुपमा नै एमसीसी मुख्यालय समक्ष प्रतिबद्धता जनाइसकेको खुलासा गरेकी छिन् ।

एक नेपाली दैनिकसँग भर्चुअल संवाद गर्दै सुमारले स्पष्ट रुपमा भनेकी छन्, ‘म स्मरण गराउन चाहन्छु कि एमसीसीलाई अन्तर्राष्ट्रिय सम्झौताका रूपमा मान्यता दिलाउन संसद्बाट पारित गराउनुपर्छ भन्ने निर्णय नेपालको कानुन मन्त्रालयले गरेको हो । सबै प्रावधानहरूमा सहमत भएर नै ४ वर्षअघि सेप्टेम्बर १४, २०१७ मा नेपाल सरकारले सम्झौतामा हस्ताक्षर गरेको हो । अहिले आएर कुनै पनि बुँदामा संशोधन गर्न सम्भव छैन । प्रधानमन्त्री ९देउवा० र अध्यक्ष ९दाहाल० ले सेप्टेम्बर २९ ९असोज १३० मा पठाएको पत्रमा ५ महिनाभित्रमा सम्झौता अनुमोदन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । उहाँहरूको अनुरोधअनुसार ५ महिनाको समयावधि फेब्रुअरी २८ मा सकिन्छ । हामी उक्त दिनभित्र सम्झौता अनुमोदन भएको हेर्न चाहन्छौं ।’उनले यो पनि खुलासा गरेकी छिन कि देउवा र प्रचण्डले पठाएको पत्रमा एमसीसी परियोजनाले नेपालका २ करोड ३० लाख अर्थात् करिब ८० प्रतिशत जनसंख्याको जीवनमा सकारात्मक प्रभाव पार्नेछ भन्ने जनचेतना विस्तार गर्ने योजना समेत प्रस्ताव गरेका थिए ।

देउवासँग मिलेर एमसीसी पास गर्ने प्रतिबद्धतासहितको पत्र लेख्ने प्रचण्ड पार्टीभित्र भने संशोधन नगरी एमसीसी पास गरिन्न भन्दै हिडेका छन् । यहाँसम्म कि हालै सम्पन्न महाधिवेशनबाट पनि विनासंशोधन एमसीसी पास नगर्ने लाइन पारित गरिएको छ । एमसीसी संशोधन हुन्न भनेर अमेरिकाले भनिरहँदा संशोधनको फलाको हालेर एमसीसीलाई गिजोल्ने काम भने प्रचण्डको द्वैध चरित्रले गरिरहेको छ । खासगरी झलनाथ खनाल नेतृत्वको अध्ययन टोलीले संशोधनविना एमसीसी पास गर्न हुन्न भन्ने निष्कर्ष निकालेपछि संशोधनको विषयले बढी चर्चा पाएको हो । एमसीसी मुख्यालय स्वमय्ले संशोधन हुन्न भनिरहँदा किन प्रचण्ड लगायतका केही नेताहरुले संशोधनको कुरा गरिरहेका छन् रु किन उनीहरुले सिधा भाषामा खारेजीको कुरा गर्न सकिरहेका छैनन् रु द्वैध चरित्र आफैमा अवसरवादी चरित्र हो । यो आफैमा छद्म राष्ट्रवाद हो । प्रचण्ड लगायतको यही चरित्रका कारण एमसीसी अहिले नेपालको लागि गलपासो बनेको छ । र, अमेरिका र चीन यही विषयमा नेपालमा टकराउन पुगेका छन् । उनीहरुका सामरिक स्वार्थ एमसीसीमा टकराउन थालेका छन् । अब एमसीसीलाई अमेरिका र चीनले समेत प्रतिष्ठाका विषय बनाउँदा नेपाल भने साँढेको जुझाई बाछाको मिचाइमा पर्ने जोखिम बढेर गएको छ ।

एमसीसी सम्झौता नेपालको हितमा छैन भनेर सम्झौताका बुँदा अझरशः केलाइसकेको अवस्थामा अब खारेजीको पक्षमा जोडदार रुपमा आवाज उठाउन जरुरी छ । प्रचण्ड, माधव नेपाल र उपेन्द्र यादवहरु साँच्चै राष्ट्रवादी हुन् वा राष्ट्रको हित चाहन्छन् भने उनीहरुले एमसीसी सम्झौता खारेजीको पक्षमा आफूलाई उभ्याउन जरुरी छ । अन्यथा उनीहरुको माछो देख्दा दुलोभित्र हात, सर्प देख्दा दुलो बाहिर हात भने झै घोर अवसरवादी चरित्र उदांगिने छ । साम्राज्यवादी अमेरिकाको दलाल बन्ने कि नेपाल र नेपाली जनताको मुक्ति र स्वतन्त्रताको पक्षमा उभिने रु जनताले देख्ने गरी फैसाला गर्ने स्थिति आइसकेको छ । परिस्थितिले बीचमा बस्ने छुट दिदैन । कित्ता स्पष्ट पार्नैपर्छ । अब प्रचण्डहरुलाई दुवै डुंगामा खुट्टा हाल्ने छुट एमसीसीले दिनेवाला छैन । मुलबाटोबाट

प्रतिक्रिया दिनुस