गणेश एसके, कञ्चनपुर ,माघ, २३।नेकपा (विप्लव) निकट रहेको विद्यार्थी संगठन अखिल क्रान्तिकारी कञ्चनपुरले महेन्द्रनगरमा प्रधानमन्त्री शेर बहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको आईतबार पुत्ला जलाएका छन ।
देशको सार्वभौमिकता र स्वाभिमानलाई बन्दकी राखेर MCC लागू गर्ने बारे शेर बहादुर देउवा र प्रचण्डले जनताको हित विपरित पत्रमा हस्ताक्षर गरी पठाएको भन्दै क्रान्तिकारीले पुत्ला जलाएको हो ।
अहिले बहसमा रहेको अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेशन ( MCC) सम्झौता लाई कार्यान्वयन गर्ने भनी प्रधानमन्त्री र प्रचण्डले हस्ताक्षर गरी MCC कार्यालयलाई पठाएको गोप्य पत्र आईतबार सार्वजनिक भएको थियो ।
एमसिसीको विरोधमा अखिल क्रान्तिकारीले आज देशैभरि पुत्ला दहन गरेको छ । आईवार अखिल क्रान्तिकारीले पेट्रोलियम पदार्थमा भएको मुल्य बृद्धिको बिरोधमा कञ्चनपुरमा १ घण्टा चक्का जाम समेत गरेको छ ।