कञ्चनपुर ,माघ, २३ । कञ्चनपुर जिल्लाको भीमदत्त नगरपालिका ९ खल्ला मछिट्टी नजिकै महाकाली नदीमा भारतले तुईन बनाउन लागेको छ ।
भारतले एकलौटी रूपमा नेपाली भुमि प्रयोग गरेर तुईन बनाईरहेको छ। तुईन बनाउन भारतले नेपाली मजदुर समेत प्रयोग गरेको पाईएको छ । भारतले किन तुईन बनाउदै छ भन्ने बारेमा कञचनपुर जिल्ला प्रशासन कार्यालयलाई जानकरी समेत भएको छैन ।
कञ्चनपुरका एक युवाको समुहले भारतले बनाउन लागेको तुईनको फोटो र भिडियो सामाजिक संञ्जालमा राखेको छ । भारतले एकलैटी रूपमा बनाई रहेको तुईन बारेमा नेकपा पार्टी कञ्चनपुरका नगर सेक्रेटी दिपेन्द्र ऐेरीले समाजिक सञ्जाल मार्फत बिरोध गर्दै भारतले गरेका सिमा अतिक्रमणको भत्सना गरेका छन ।
तुईन बनिरहेको बारेमा भीमदत्त नगरपालिका लाई समेत जानकारी छैन । कञ्चनपुरमा भारतले पटक पटक नेपाली भुमि अतिक्रम गर्दै आएको भए पनि सरकारले सिमाको बारेमा ठोस पहल कदम गर्न सकेको छैन ।
निर्माण भईरहेको तुईनको फोटो समाजिक सञ्जालबाट