
कञ्चनपुर । कञ्चनपुरको एक स्थानीय सरकारले सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघका पदाधिकारी, सदस्यहरुलाई सम्मान गरिएको छ । भीमदत्त नगरपालिकाले सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघका पदाधिकारी, सदस्यहरुलाई सम्मान गरेको हो ।
गत असार तेस्रो साता काठमाण्डौँमा सम्पन्न भएको सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघको राष्ट्रिय सम्मेलनबाट केन्द्रीय महासचिवमा निर्वाचित भएका बिरेन्द्रराज विष्ट, केन्द्रीय सदस्यद्वय मिना कुँवर, गणेश खत्रीलाई सम्मान गरिएको जनाएको छ ।
मंगलबार एक कार्यक्रमका विच भीमदत्त नगरका उपमेयर निलम लेखकले आफ्नै कार्यकक्षमा बोलाएर दोसल्ला, मायाको चिनो प्रदान गरेकी छिन । महासचिव विष्ट महेन्द्रनगर नमुना मावि(साधारण स्कुल)का अध्यक्ष, सदस्य कुँवर गौरीशंकर आवि नौलाखेत सदस्य, अर्का सदस्य खत्री बैजनाथ माविका अध्यक्ष हुन ।
सामुदायिक सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघमा कञ्चनपुर भीमदत्त नगरबाट निर्वाचित भएका तीनै जनालाई उपमेयर लेखकले सफल कार्यकालको बधाई तथा शुभकामना व्यक्त गर्दै सामुदायिक विद्यालय सुधारको अभियानमा जुट्न आब्हा गरेकी छिन ।

