कञ्चनपुर ,माघ, २४। कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका वार्ड नम्बर १ गणेशपुरमा रहेको जनज्योती सामुदायिक वनमा चित्तल मृत  अवस्थामा फेला परेको छ ।

साोमबार बिहान सामुदायिक वनमा गएका सामुदायिव वनका पदाधिकारीले वन निरिक्षण गर्ने क्रममा एक मृत चित्तल भेटिएको पाइएको बताए । मृत अवस्थामा भेट्टिएको चित्तल चितुवाले आक्रमण गरेर मारेको हुन सक्ने अनुमान गरिएको छ ।

केहि दिन देखि चितुवाले गणेशपुर ,बन्शाह ,ठकनियामा गोठमा पसेर बाख्रा खाएको थियो । चितुवाको साथमा सानो बच्चा रहेको हुदाँ आहारका लागि चितुवाले बाख्रा खाने गरेको स्थानिय बताउछन।

प्रतिक्रिया दिनुस