काठमाडौं, माघ, २४। सरकारले स्थानीय तहको निर्वाचन  २०७९ वैशाख ३० मा गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को  बैठकले स्थानीय निर्वाचनको मिति तय गरेको एक मन्त्रीले जानकारी दिए ।

निर्वाचन आयोगले एकै चरणमा गर्ने भए १४ वैशाख र दुई चरणमा गर्ने भए १४ र २२ वैशाखको मिति सिफारिस गरेको थियो । तर सत्तारुढ पाँच दलीय गठबन्धनले जेठ मसान्तभित्र निर्वाचन गर्ने बताएपछि आयोगले ४ जेठ प्रस्ताव गरिएको थियो ।

सरकारले उपयुक्त समय बैशाख ३० हुने भन्दै मिति घोषणा गरेको हो ।निर्वाचन आयोगको परामर्शका आधारमा वैशाख ३० गते ५ वर्ष पुग्ने भएकाले सोही दिन निर्वाचनको मिति तोकेको स्रोतले जनाएको छ ।

प्रतिक्रिया दिनुस