कञ्चनपुर, माघ ,२४। नेकपा एमाले निकट रहेको पत्रकार संगठन प्रेस चौतारी कञ्चनपुरको अध्यक्षमा लक्ष्मण पन्त चयन भएका छन् । सोमबार प्रेस चौतारी कञ्चनपुरको सातौं जिल्ला अधिवेशनले पन्तको अध्यक्षतामा कार्यसमिति चयन गरिएको हो ।
उपाध्यक्षमा होमनाथ योगी, महिला उपाध्यक्ष लक्ष्मी सेठी, सचिव मदन गिरी, सह–सचिव दिनेश चन्द्र ओझा, सह–सचिव समावेशी धन बहादुर विक, कोषाध्यक्ष धन बहादुर बोहरा चयन भएका छन् ।
त्यसैगरी सदस्यहरु रजनी राना, ओम प्रकाश पाण्डेय, सुरेश भट्ट, केशव भट्ट, कमला भट्ट, तारा कुमारी भट्ट, दिनेश चौधरी, बासुदेव भट्ट र प्रदिप रानागरी १७ सदस्यीय पन्तको नेतृत्वमा समिति चयन गरिएको हो ।
त्यसैगरी केन्द्रीय महाधिवेशन प्रतिनिधीका लागि गणेश दत्त (जी) भट्ट, कोमल निरञ्जन भाट, भवानी भट्ट, धर्मा रोकाया चयन भएका हुन । प्रदेश अधिवेशन प्रतिनिधीका लागि बासुदेव धामी (विमल), विमल वि.क., सरोज धामी, हरिशचन्द्र बाग, रामचन्द्र कुस्मी, यमकला पाण्डेय चयन भएका हुन ।