काठमाडौं, माघ, २६। एमसिसीको विरोधमा क्रान्तिकारी माओवादी सहितका राजनितिक दलहरूले संयुक्तरूपमा बुधबार माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेका छन्।नेकपा (क्रान्तिकारी माओवादी), देशभक्त जनगणतान्त्रिक मोर्चा नेपाल,नेपाल कम्युनिष्ट पार्टी,नेकपा मसाल, राष्ट्रिय जनमोर्चा, वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी नेपाल, नेकपा (माओवादी समाजवादी) सयुंक्त रूपमा प्रदर्शन गरेका छन्।

सुरक्षा व्‍यवस्थालाई ध्यानमा राख्‍दै हाल माइतीघरमा ठूलो संख्यामा सशस्त्र र नेपाल प्रहरी परिचालन गरिएको छ। प्रदर्शनमा एमसीसी खारेज गरौं, गो ब्याक एमसीसी, वैदेशिक हस्तक्षेप बन्द गरौं जस्ता नारा लगाएर बिरोध प्रदर्शन भएको छ।

प्रतिक्रिया दिनुस