कञचनपुर माघ २७ ।  नेकपा  (विप्लव ) निकट रहेको युवा संगठनले बेलडाँडी गाउँपालिकाका एक जनप्रतिनिधिलाई कालो मोसो दलेको छ   ।

नेकपा निकट रहेको युवा संगठनका नेताहरूले बिहीबार बेलडाँडी गाउँपालिका वार्ड नम्वर २, का वडा अध्यक्ष प्रेम खातीलाई कालो मोसो दलेका हुन् ।

युवा संगठन नेपालले एक प्रेस विज्ञप्ती जारी गर्दै घटनाको जिम्मेवारी लिएको छ । वडा अध्यक्षले खातीले भ्रष्टाचार गरेकाले ‘जनकारबाही’ गरिएको प्रेस विज्ञप्ती लेखिएको छ ।

युवा संगठनले  वडा अध्यक्ष खातीले वडा कार्यालय गाउँपालिकामा राखेर अन्तै भाडा दिएको, लघुवित्तहरुलाई जमिनसहित १५ लाख दिएको, मनोमानी रुपमा कर्मचारी भर्ना गरेको, उपभोक्ता समितिद्धारा आफु अनुकुल काम गरेको आरोप लगाइएको छ ।

यसैगरी, वडा अध्यक्षले गाउँपालिका कार्यालयको पछाडी रहेको एकल महिलाहरुका लागि बनाएको भवनमा आर्थिक अनियमिता गरेको, वडा कार्यालयमा नजाने र कालिकिच उपभोक्ता समितिद्धारा निर्माण गरिएको सडकमा समेत आर्थिक अनियमितता गरेको युवा संगठन नेपाल कञ्चनपुरको आरोप  लगाएको छ ।

बिहीबार दिउँसो १ बजे  कार्यालयमै कालोमसो लगाएको पाएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक चक्रबहादुर शाहले बताए । प्रहरीले घटनामा संलग्न एकजनाको पहिचान खुलेको र अन्यको पनि खोजी भइरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुस