कञ्चनपुर, माघ ,२७। प्रेस संगठन नेपाल कञ्चनपुरले किरियापुत्री पत्रकार कृष्ण दमाईको परिवारलाई किरियाखर्च सहयोग गरेको छ । प्रेस संगठन नेपाल कञ्चनपुरले पत्रकार दमाईको परिवारलाई नगद किरिया खर्च सहयोग गरेको हो ।
प्रेस संगठन नेपाल कञ्चनपुरका अध्यक्ष अरुण भट्टले पत्रकार दमाई प्रेस सेन्टर नेपालका नेता एव मदन नेपाली र सोनी नेपालीका सेन्टरका जिल्ला सदस्यसंगै आर्थिक रुपमा विपन्न भएकाले किरिया खर्च उपलब्ध गराएको बताए । सेन्टरले ५ हजार ५ रुपैया नगद आर्थिक सहयोग गरेको हो । बिहीबार एक कार्यक्रममा विच सेन्टरले किरियापुत्री दमाईकै भीमदत्त नगरपालिका ३नयाँ तिलकपुर स्थित निवासमै पुगेर आर्थिक सहयोग हस्तान्तरण गरिएको छ । प्रेस सेन्टर नेपाल कञ्चनपुरका अध्यक्ष भट्टले किरियापुत्री कृष्ण र मदन दमाईलाई हस्तान्तरण गरिएको छ ।

किरियाखर्च सहयोग हस्तान्तर कार्यक्रममा माओवादी केन्द्र कञ्चनपुरका युवा नेता दिपक भट्ट, प्रेस सेन्टर नेपालका केन्द्रीय सदस्य राजेन्द्र प्रशाद अवस्थी, सेन्टरका नेताद्वय मोहन विष्ट, राजेन्द्र विष्ट सहितका नेताहरुको सहभागिता रहेको थियो । सेन्टरले किरियापुत्री दमाईको परिवारलाई अन्य सहयोग गर्ने प्रतिबद्धता जाहेर गरेको छ ।

प्रतिक्रिया दिनुस