कञ्चनपुर , फाल्गुन ,१। जनयुद्ध दिवसको अवसर पारेर कञ्चनपुरमा अखिल क्रान्तिकारी र YCLनेपालले रक्तदान गरेको छ । नेकपा माओवादी केन्द्र निकट रहेको अखिल क्रान्तिकारी र युवा संगठन  YCL नेपालले आइतबार जनयुद्ध दिवसको अवसर पारेर रक्तदान गरेको हो ।

२७ औँ जनयुद्ध दिवसको अवसरमा अखिल क्रान्तिकारी र YCL नेपालले रक्तदान गरेको हो ।  नेकपा माओवादी केन्द्रका केन्द्रय स्थायि कमिटि तथा अर्थ बिभाग प्रमुख  , सुदुरपश्चिम प्रदेश कमिटि सदस्य युवा नेता नवराज ऐर लगायतका युवाहरूले रक्तदान गरेका छन।  त्यस्तै रक्तदानमा महाकाली अस्पतालका निर्वतमान अध्यक्ष एव माओवादी नेता कृष्णदत्त जोशी(बोक्सर)ले रगत दिएका थिए ।

अखिल क्रान्तिकारी कञ्चनपुरका अध्यक्ष कैलाशचन्द्र गिरीले दिवसको अवसर पारेर समाजिक काम गरेको बताए । ‘यो कोरोनाको तेस्रो लहर पनि चलिरहेको छ, ‘उनले भने, ‘जताततै रगत अभाव छ, बिरामीलाई संकट भयो, ‘उनले भने, ‘जनयुद्ध दिवस र रगत अभावलाई मध्य नजर गरेर रक्तदान गरेका हौँ ।’

रक्तदानमा क्रान्तिकारी विद्यार्थी सहित माओवादी युवाका नेता कार्यकर्ताहले रगत दिएका थिए । जनयुद्ध दिवसलाई समाजिक काम गरेर मनाएको क्रान्तिकारी कञ्चनपुरका अध्यक्ष गिरीले बताए । रक्तदान कार्यक्रममा माओवादी केन्द्रका नेता कार्यकर्ताको उपस्थिति रहेको थियो ।सहिद सप्ताहमा समेत विवित समाजिक काम गरेर दिवस मनाउने क्रान्तिकारी जिल्ला अध्यक्ष गिरीले बताए ।

प्रतिक्रिया दिनुस