कञ्चनपुरको बेलौरी नगरपालिकाले थारु समुदायको आदिमकालदेखि मान्दै आएको बडघर–भलमन्सा परम्परात प्रथालाई मान्यता दिन ऐन ल्याएको छ । बेलौरी नगरपालिकाले नगर क्षेत्रमा बसोबास गर्दै आएका राना, चौधरी, दहित, खुना बडायक, डगौरा, कठरिया सबै प्रकृतिका थारु समुदायले बडघर भलमन्सा प्रथालाई कानुनी मान्यता दिएको हो । त्यस बारे ऐन नै ल्याएर बेलौरी नगरपालिकाले कानुनी मान्यता दिएको छ ।

 

शनिबार नगरपालिकाको ८औँ नगर सभाबाट ऐन पारित गरिएको छ । बेलौरी नगरका मेयर पोतिलाल चौधरीले थारु समुदायको लोक संस्कृति परम्परा जोगाउने उदेश्यका साथ बडघर–भलमन्सा परम्परात प्रथालाई मान्यता दिन ऐन ल्याएको बताए । मेयर चौधरीका अनुसार परम्परागत रुपमा चल्दै मान्दै आएको बडघर भलमन्सा प्रथालाई अहिले कानुनी मान्यता दिईएको छ ।

 

मेयर चौधरीले आफ्नो चुनावी एजेण्डा समेत भएकाले अहिले ऐनकै रुपमा पारित गरिएको बताए । उक्त ऐनसंगै अन्य विभिन्न ऐनहरु समेत बेलौरीले पारित गरेको छ । जिल्लाको पहिलो सदरमुकाम बेलौरीलाई सम्बृद्धि बनाउनका लागि स्थानीय सरकारबाट थुप्रै पहल भएको समेत मेयर चौधरीले बताए । थारु समुदायको लोक परम्परा एव संस्कृति संरक्षणका लागि नगरपालिका सहित मेयर पोतिलाल चौधरी नेतृत्वका जनप्रतिनिधीले ल्याएको ऐनमा स्थानीय थारु समुदायले खुसी व्यक्त गरेका छन ।

प्रतिक्रिया दिनुस