दिपकराज भट्ट् (डिआर भट्ट्)

डडेल्धुरा र डोटीमा १६ वटा नमूना कृषि गाउँ बनाईने भएको छ । डडेल्धुरा र डोटी जिल्ला कार्य क्षेत्र रहेको कृषि ज्ञान केन्द्र डडेल्धुराले डडेल्धुराका ७ र डोटीका ९ गरि जम्मा १६ वटा स्थानीय तहमा ‘नमूना कृषि गाउँ’ बनाईने भएको हो ।

आर्थिक वर्ष २०७६÷०७७ देखि लागू भएको प्रदेश स्तरिय कार्यक्रममा पहिलो चौमासिक प्रस्ताव अनुसार नमूना गाउँ बनाइने कृषि ज्ञान केन्द्र डडेल्धुराका प्रमुख वरिष्ठ कृषि विकास अधिकृत दिलबहादुर बिष्टले जानकारी दिए ।

कृषि नमूना गाउँका लागि नमूना कृषि फार्म, तरकारी तथा फलफूलको ग्रिन हाउस र नर्सरी निर्माण, सहकारी र निजी क्षेत्र सँगको साझेदारीमा विभिन्न श्रोत केन्द्र स्थापना र विकास गर्ने, बेमौसमी खेती लगायत कृषि पर्यटनलाई जोड दिने, पकेट क्षेत्र भित्र मागमा आधारित कृषक तथा कृषि उद्यमीलाई अनुदान सहयोग, तरकारी बीउ उत्पादन, प्रांगारिक मलमा अनुदान, खाद्यान्न तथा बिउ आलु उत्पादन पकेट क्षेत्र विस्तार, अदुवा विकास, प्रशोधन तथा उद्योग स्थापना, प्रविधि प्रसार र सिँचाइ, यान्त्रिकरण तथा क्लष्टरमा भकारो सुधार, क्षमता विकास तथा तालिमहरु संचालन, जौं, कोदो, बेथे लगायत जैबिक विविधताको संरक्षण र प्रवद्र्धन गरि सम्भावित क्षेत्र समुदायका किसानहरु र कृषि फार्महरुलाई व्यवसायिक बनाउने लक्ष्य रहेको वरिष्ठ कृषि विकास अधिकृत विष्टले बताएका छन् ।

प्रतिक्रिया दिनुस