कञ्चनपुर फाल्गुन ३। कञ्चनपुरमा एमसिसी खारेजीको माग गर्दै मसाल जुलुस भएको छ । एमसीसी बिरुद्धमा फागुन ४ गते घोषणा गरिएको नेपाल बन्दको पुर्व सन्ध्यामा मंगलबार साँझ कञ्चनपुर नेकपा (क्रान्तिकारी माओवादी) नेपाल कम्युनिष्ट पार्टी विप्लव लगायका दलहरूले सयुक्त मसाल जुलुस निकालेका छन ।
नेपाल कम्युनिष्ट पार्टी विप्लव ,नेकपा (क्रान्तिकारी माओवादी) लगायकादलहरूले सयुक्त रूपमा नेपाल बन्द सफल पार्न एमसिसीको बिरोधमा मसाल जुलुस निकालेका छन ।
एमसिसी खारेज गर ,गो व्याग एमसिसी, दलाल सरकार मुर्दावाद ,एमसिसी हामिलाई चाहँदैन ,देश बेच्न पाईदैन लगायतका नारा जुलुस सहित महेन्द्रनगरमा राँके जुलुस भएको छ ।
नेकपा विप्लव भीमदत्त नगर सचिव युवा नेता दिपेन्द्र सिह ऐरीले राष्ट्रघाती सम्झौता बिरुद्ध मसाल जुलुस निकालेको बताए ।
प्रतिक्रिया दिनुस