कञ्चनपुर फाल्गुन ३ । एमसिसी खारेजको माग गर्दै नेपाल बन्दको घोषणा भएको छ । नेकपा (क्रान्तिकारी माओवादी) ,नेकपा विप्लव सहितका पाँच दल र देशभक्त जनगणतान्त्रित मोर्चा नेपालले भोली फाल्गुन ४ गते एक दिन नेपाल बन्दको घोषणा गरेका हुन ।
भोली ४ गते एमसिसी खारेजी लगायतका माग गर्दै एक दिन नेपाल बन्दको घोषणा गरेको देशभक्त देशभक्त जनगणतान्त्रित मोर्चा नेपालका सुदुरपश्चिम प्रदेश अध्यक्ष बिष्णु राम दमाई जानकारी दिनुभयो ।
एमसिसी खारेजीको माग गर्दै क्रान्तिकारी माओवादी ,नेकपा विप्लव लगायतका ६ दल र २ मोर्चाले बिरोध प्रदर्शन गर्दै आएका छन ।
फाल्गुन ४ गते नेपाल बन्दको पुर्व सन्ध्यामा महेन्द्रनगरमा मसाल जुलुस गर्ने तयारी रहेको नेपाल कम्युनिष्ट पार्टी विप्लव भीमदत्त नगर सेक्रेटरी दिपेन्द्र ऐरीले बताए।
यस्तो छ प्रेस विज्ञप्ती
आदरणिय कञ्चनपुर बासी विभिन्न पेशा व्यवसायमा संलग्न एवम् आम नागरिक ज्युहरु हाम्रो देश यति बेला बैदेशिक हस्तक्षेपको संकट पुर्ण घडिबाट गुज्रिरहेको छ। भारतीय सम्राज्यवाद एवं विस्तारवादको निरन्तरता छदै थियो ।हाल आएर देश लाई नै रणभुमिको मैदान बनाउने गरि अमेरिका संग याहाका संसदीय व्यवस्थाका दलालहरुले सत्ताको दुरुपयोग गरि राष्ट्रघाति mcc सम्झौता संसदबाट जसरि पनि पास गर्ने योजनामा रहेकाले यस अवस्थामा हामी न्याय प्रेमि देशभक्त कञ्चनपुर बासिहरुमा यश सम्झौता का विरुद्ध फाल्गुन ०४ गते एकदिने नेपाल बन्द कार्यक्रममा एक्यवद्धता जनाई सहयोग गरिदन हुन हार्दिक अपिल गर्दछौं । बन्द अवज्ञा गरि हुनजाने क्षेतिको स्वयं बन्द बिरोधि कर्ता नै जिम्मेवार हुने बेहोरा समेत यसै प्रेस विज्ञप्ति मार्फत जानकारी गराउदछौँ ।