कञ्चनपुर फाल्गुन ३ । एमसिसी खारेजको माग गर्दै नेपाल बन्दको घोषणा भएको छ ।  नेकपा  (क्रान्तिकारी माओवादी)  ,नेकपा विप्लव सहितका पाँच दल र देशभक्त जनगणतान्त्रित मोर्चा नेपालले  भोली फाल्गुन ४ गते एक दिन  नेपाल बन्दको घोषणा गरेका हुन ।

भोली ४ गते एमसिसी खारेजी लगायतका माग गर्दै एक दिन नेपाल बन्दको घोषणा गरेको देशभक्त देशभक्त जनगणतान्त्रित मोर्चा नेपालका सुदुरपश्चिम प्रदेश अध्यक्ष बिष्णु राम दमाई जानकारी दिनुभयो ।

एमसिसी खारेजीको माग गर्दै क्रान्तिकारी माओवादी ,नेकपा विप्लव लगायतका ६ दल र २ मोर्चाले बिरोध प्रदर्शन गर्दै आएका छन ।

फाल्गुन  ४ गते  नेपाल बन्दको पुर्व सन्ध्यामा महेन्द्रनगरमा मसाल जुलुस गर्ने तयारी रहेको नेपाल कम्युनिष्ट पार्टी विप्लव  भीमदत्त नगर सेक्रेटरी दिपेन्द्र ऐरीले  बताए ।

प्रतिक्रिया दिनुस