कञ्चनपुर फाल्गुन ८ ।  पेट्रोलियम पदार्थको मुल्य खारेज गर्न अखिल क्रान्तिकारीले माग गरेको छ । नेकपा क्रान्तिकारी माओवादी निकट रहेको अखिल क्रान्तिकारीका केन्द्रिय अध्यक्ष हरि कृष्ण गजुरेलले आइतवार एक प्रेस विज्ञप्ती जारी गरेर पटक पटक भएको पेट्रोलियम पदार्थको  मुल्यविद्धि अविलम्व खारेज गर्न माग गरेको छ । पटक पटक प्रेस विज्ञप्ती जारी गरेर मुल्य फिर्ता लिन माग गरेको भएपनि कुनै सुनुवाई नभएको भन्दै क्रान्तिकारीले भत्सना गरेको छ ।

त्यस्तै क्रान्तिकारीले कोरोनाले जनता प्रताडित भएको समय राहात दिनुको सट्टा पेट्रोलियम पदार्थ लगायत उपभोग्य बस्तुमा भईरहेको चर्को मुल्य वृद्धिले सरकार दलालहरू संग मिलेर जनताको ढाड सेक्ने काम गरेकोले सरकार र आयल निगम संग मुल्य फिर्ता गर्न जोडदार माग गरेका छन ।

सरकारले तत्काल एमसिसी सम्झैता खारेज गरेर राष्ट्र ,राष्ट्रियता ,जनतन्त्र जनजिविका सवालमा गम्विर हुन र जनता प्रति उत्तरदायी बन्न माग गरेका छन । आयल निगमले सनिवार पेट्रोल डिजेल ,मट्टीतेलमा प्रति लिटर ३ रूपया वृद्धि गरेको छ ।

प्रतिक्रिया दिनुस