कञ्चनपुर,फाल्गुन, ८,। राष्ट्रघाति एमसिसी सम्झौताका विरुद्ध कञ्चनपुरमा बिरोध प्रर्दशन भएको छ । नेकपा विप्लव ,नेकपा क्रान्तिकारी माओवादी पार्टी लगायत ७ दलिय सयुक्त दलको विरोध पर्दशन गर्दै कञ्चनपुर जिल्ला प्रशासन कार्यालय घेराउ भएको गरेका छन । राष्ट्रघाति एमसिसी सम्झौताका जवरजस्ती संसदमा टेबुल गरिएको भन्दै काठमाण्डौं लगायत देशभरी चर्को बिरोध प्रदर्शन भईरहेको छ । सत्तारूड गठवन्धन दल र प्रतिपक्ष दल नेकपा ऐमाले पनि एमसिसी पास गराउने खेलमा लागेको भन्दै देशभरी बिरोध प्रदर्शन भईरहेको हो ।
एमसिसी खारेजको माग गर्दै नेकपा विप्लव ,नेकपा क्रान्तिकारी माओवादी पार्टी लगायत ७ दलिय सयुक्त दलले विरोध पर्दशन गर्दै कञ्चनपुर जिल्ला प्रशासन कार्यालय घेराउ गरिएको नेकपा विप्लवका भीमदत्त नगर सेक्रेटरी युवा नेता दिपेन्द्र ऐरीले जानकारी दिनुभयो ।
एमसिसी जवरजस्ती रूपमा संसदबाट अनुमोदन गराउने खेल भईरहेकोले राष्ट्रघाती सम्झैता भन्दै समाजिक सञ्जालमा समेत केहिदिन देखि सरकारको चर्को बिरोध भईरहेको छ ।