कोरोना सङ्क्रमणको महामारीका कारण खेलका गतिविधि अवरुद्ध भएको अवस्थामा खेलकुदलाई चलायमान बनाउन प्रतियोगिता सञ्चालन गर्न लागेको उहाँले बताउनु भयो । महेन्द्रनगरको खुलामञ्च तथा कबर्डहलमा आयोजना हुने प्रतियोगितामा कञ्चनपुर र कैलालीबाट २० टिमलाई सहभागी गराउने लक्ष्य लिएको स्टार प्रोडक्सनका अध्यक्ष अक्षत पाण्डेयले बताउनु भयो । प्रतियोगिताको विजयी टिमलाई नगद रु. १ लाख ५ हजार सहित ट्रफि, मेडल र प्रमाणपत्र प्रदान गरिने र द्वितीय टिमलाई नगद रु. ५५ हजार सहित ट्रफि र प्रमाणपत्र प्रदान गरिने बताइएको छ ।
यसै गरी प्रतियोगिताको म्यान अफ दि सिरिजलाई नगद रु. ५ हजार पाँच सय सहित ट्रफी र प्रमाणपत्र, बेस्ट ब्याट्स्म्यानलाई नगद रु. ३ हजार पाँच सय सहित ट्रफी र प्रमाणपत्र तथा प्रतियोगिताका बेस्ट बलरलाई नगद रु. ३ हजार पाँच सय सहित ट्रफी र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ । आयोजकका अनुसार प्रतियोगिताका प्रत्येक खेलका म्यान अफ दि म्याच विजेतालाई पनि आकर्षक पुरस्कारको व्यवस्था रहेको छ । प्रतियोगितालाई भव्य र सभ्य रूपमा सफल पार्न आयोजकले २ समिति समेत गठन गरेको छ । प्रतियोगिताको पहिलो संस्करण नबिल बैङ्क लिमिटेड र दोस्रो संस्करण लिटिल बुद्ध एकेडेमीले हात पारेको थियो