मतदाता नामावलीमा तपाईंको नाम छ की छैन ?आफ्नो नाम मतदाता नामावलीमा छ कि छैन भनेर थाहा पाउनको लागि भने निर्वाचन आयोगले अनलाइन प्रणालीको व्यवस्था गरेको छ । यसको लागि तपाईंले निर्वाचन आयोगको वेबसाइटमा गएर आफ्नो नाम सूचीकरण भए नभएको हेर्न सक्नुहुन्छ ।

मतदाता नामावलीमा आफ्नो नाम छ कि छैन भनेर हेर्नको लागि तल दिएको लिंकमा गएर हेर्नुहोस । दिएको लिंकमा गएर तपाईंले आफ्नो प्रदेश, जिल्ला, वडा नम्बर र मतदान स्थलको विवरण छानेपछि तपाईंको क्षेत्रमा भएका सबै मतदाताहरुको विवरण देखिनेछ ।

तपाईंले आफ्नो नाम छानेपछि खुल्ने विवरणमा जन्ममिति वा नागरिकता नम्बर हालेपछि मतदाता नामावलीमा भएको तपाईंको सम्पूर्ण विवरण देखिनेछ ।

https://election.gov.np/election/np/voter-list.html?fbclid=IwAR19ltOiZdwMi7oVIloBBnekdn0zfCxIHL2OleWt1SmEzoDMP2AYjurWjcY

 

 

 

प्रतिक्रिया दिनुस