कञ्चनपुर । अखिल क्रान्तिकारी कञ्चनपुुरका नेता सन्तोष भट्टले आफ्नो जन्मदिनको अवसरमा भीमदत्र नगरका एक दलित विपन्न परिवारलाई खाद्यान्न सहयोग गरेका छन । अखिल क्रान्तिकारी कञ्चनपुरका जिल्ला सदस्य एव भीमदत्त नगरका उपाध्यक्ष भट्टले जन्मदिनको अवसर पारेर भीमदत्त नगरपालिका ३ नयाँ तिलकपुरका प्रकास दमाईको परिवारलाई खाद्यान्न सहयोग गरेका हुन ।

मंगलबार क्रान्तिकारी नेता भट्टले दमाईको परिवारलाई घरमै पुगेर खाद्यान्न सहित दमाई परिवारका बालबालिकाका लागि शैक्षिक समाग्री सहयोग गरेका हुन । भीमदत्त नगरपालिका २ उल्टाखाम निवासी समेत रहेका क्रान्तिकारी नेता भट्टले जन्मदिनको अवसरमा फजुल खर्च भन्दा समाजिक काम गरेर मनाएको बताए । उनका अनुसार चामल, दाल, नुन, नेत, चियापत्ती चिनी, कोलकेटका साथै कापी, कलम, पेन्सिन, वर्णमालाको किताब दिएका छन ।

जन्मदिनको अवसरमा विपन्न परिवार र उनका सन्तानलाई शैक्षिकमा सहयोग पु¥याउने उदेश्यले सहयोग गरेको उनले बताए । खाद्यान्न तथा शैक्षिक हस्तान्तरण कार्यक्रममा क्रान्तिकारी भीमदत्त नगरका अध्यक्ष पंकज जोशी, सचिव सागर परिवार सहितका नेताहरुको उपस्थितिमा विपन्न परिवारलाई क्रान्तिकारी भीमदत्त नगरका उपाध्यक्ष एव जिल्ला सदस्य भट्टले खाद्यान्न सहयोग गरेका हुन । क्रान्तिकारी नेताले आफ्नो जन्मदिनको अवसरमा विपन्न परिवारलाई आवश्यकीय सहयोग गरेको भन्दै दमाई परिवारले आभार प्रकट गरेका छन ।

प्रतिक्रिया दिनुस