काठमाडौं ,फाल्गन, १०। एमसीसीका विरुद्ध संघर्ष गर्दै आएका ६ पार्टी र २ मोर्चा सम्बद्ध सांस्कृतिक संगठनहरुको संयुक्त आयोजनामा संसद भवन अगाडि नयाँ बानेश्वरमा वृहत साँस्कृतिक प्रतिरोधसभा हुने भएको छ । ६ पार्टी र २ मोर्चा सम्बद्ध सांस्कृतिक संगठनहरुले संयुक्त रुपमा हालै जारी गरेको प्रेस वक्तव्यमा भोलि बुधबार १२ बजे नयाँ बानेश्वरमा वृहत् सांस्कृतिक प्रतिरोधसभा गर्ने जनाइएको छ । वक्तव्य जारी गर्नेहरुमा माइला लामा, अध्यक्ष, अखिल नेपाल जनसांस्कृतिक महासङ्घ, प्रा.डा जगदीशचन्द्र भण्डारी, अध्यक्ष, अखिल नेपाल जनसांस्कृतिक महासङ्घ, रेम राना, अध्यक्ष, रक्तिम सांस्कृतिक अभियान, राजेश बान्तवा, अध्यक्ष, अखिल नेपाल सांस्कृतिक युनियन, बिहानी विक, अध्यक्ष, अखिल नेपाल जनसांस्कृतिक सङ्घ रहेका छन् ।

वक्तव्यमा भनिएको छ, “नेपालमा यति बेला एमसीसी गम्भीर विवादको विषय बन्दै गएको छ । २०७४ भदौ २९ गते नेपाल सरकारद्वारा गुपचुपमै हस्ताक्षर गरिएको एमसीसी कम्प्याक्टलाई अनुमोदन गराउन नेपालको संसद्मा जबरजस्ती पेश गरिएको छ । सत्ता–गठबन्धनको यस प्रकारको निर्लज्ज राष्ट्रघाती कदमका विरुद्ध क्रान्तिकारी एवम् देशभक्तहरूले देशव्यापी सशक्त आन्दोलनको ज्वारभाटा सिर्जना गरिरहेका छन् । राष्ट्रघाती एमसीसीका विरुद्ध सङ्घर्षरत राजनीतिक दल, विभिन्न सङ्घ–संस्थाहरूको प्रतिरोधात्मक अभियानलाई हामी विभिन्न सांस्कृतिक घटकका तर्फबाट हार्दिक ऐक्यवद्धता जाहेर गर्दछौँ । साथै, आत्मघाती एमसीसी कम्प्याक्टका विरुद्ध सशक्त प्रतिरोधमा उत्रन आह्वान् पनि गर्दछौँ ।

प्रतिक्रिया दिनुस