काठमाण्डौं ,फाल्गुन १० । नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादीं)का महासचिव मोहन वैद्य ‘किरण’ र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड बीच लामो समय पछि भेटघाट एमसीसीबारे छलफल भएको छ ।‘प्रचण्ड’ निवास खुमलटारमा मंगलबार बिहान भएको छलफलमा महासचिव वैद्यले एमसीसी सम्झौताका राष्ट्रघाती बुँदा संशोधन नगरी संसदमा टेबल गरेकोमा जिज्ञासा राखेका थिए । जवाफमा अध्यक्ष प्रचण्डले गठबन्धनमा सहमति भएर नै एमसीसी टेबल गरेको बताएका थिए ।

‘एमसीसी र त्यससँग जोडिएका विषयमा कुराकानी भयो । उहाँ प्रचण्डले गठबन्धनमा सहमति भएर नै टेबल गरेको तर मतदान गर्नुपरेको अवस्थामा विपक्षमा मतदान गर्छौ भन्नुभयो’, प्रचण्डसँगको भेटपछि महासचिव वैद्यले राष्ट्रघार्ती एमसिसी पास गर्नुभयो भने राम्रो हुदैन भनेर सुझाव दिएको बताए ।त्यस्तै  महासचिव वैद्यले प्रचण्डसँगको भेटवार्तामा एमसीसीको विरोधमा भएको प्रदर्शनमा समातिएका आफ्ना पार्टीका कार्यकर्तालाई विना शर्त छोड्न पहल गर्न पनि सुझाव दिएका थिए । एमसीसीको बिरोध प्रदर्शनमा नेकपा (क्रान्तिकारी माओवादी) बसन्त बोगटी, सुनिता बुढाथोकी लगायतका कार्यकर्ता प्रहरीले नियन्त्रणमा लिएर मुद्दा चलाउने प्रयास गरिरहेको छ ।रातोपाटीको सहयोगमा

प्रतिक्रिया दिनुस