कञ्चनपुर, फाल्गुन, १० ।  एमसीसी सम्झौताको बिरोध गर्दै आएका ८ दलिय मोर्चाले फाल्गुन ११ गते देशैभर मसाल जुलुस निकाल्ने तयारी गरेको छ । नेकपा क्रान्तिकारी माओवादी, नेकपा विप्लव लगायतका ८ कम्युनिष्ट पार्टीले एमसीसीको बिरोध सयुक्त रुपमा गर्दै आएका छन ।

एमसीसी सम्झौताको बिरोधमा फाल्गुन १२ गते देशैभर बिरोध प्रदर्शन र जिल्ला प्रशासन कार्यालय घेराउ ,फाल्गुन १३ गते देशैभर कोणसभा ,फाल्गुन १४ गते बिरोध प्रदर्शन र जिल्ला प्रशासन कार्यालय घेराउ ,फाल्गुन १५ देशैभर बिरोध प्रदर्शन र जनसभा काठमाडौंमा बिशाल प्रदर्शन गर्ने तयारी रहेको नेकपा क्रान्तिकारी माओवादीका सुदुरपश्चिम प्रदेश सेक्रेटरी राम बहादुर महराले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुस