कञ्चनपुर, फाल्गुन १४ । नेकपा माओवादी निकट रहेको नेपाल बुद्धिजिवी संगठन भीमदत्त नगरको अध्यक्षमा धन देव नाथ चयन भएका छन । नेकपा माओवादी निकट बुद्धिजिवी संगठन भीमदत्त नगरको प्रथम नगर अधिवेशनबाट नाथको अध्यक्षमा ३५ सदस्यीय नगर कमिटि चयन गरिएको हो ।
उपाध्यक्ष सन्जु नेपाली, सचिव ई.बसन्त भट्ट, सह सचिव शेर ब. बोहरा, कोषाध्यक्ष भीम विक सहित रहेका छन । कार्यक्रममा नेकपा माओवादी केन्द्र भीमदत्त नगरका अध्यक्ष अशोक चन्द, अखिल क्रान्तिकारी कञ्चनपुरका अध्यक्ष कैलाश चन्द्र गिरी, एकिकृत अखिल नेपाल शिक्षक संगठन कञ्चनपुरका अध्यक्ष गंगा दत्त भट्ट लगायतले स्वागत मन्तव्य राखेका थिए ।

नेपाल बुद्धिजिवी संगठन कञ्चनपुरका संयोजक बिरेन्द्र साउदको अध्यक्षतामा भएको कार्यक्रममा बुद्धिजिवी संगठनका केन्द्रीय सदस्य बसन्त बागचनको प्रमुख आथित्यमा भएको थियो । कार्यक्रममा माओवादी केन्द्रका नेता, बुद्धिजिवी संघ संगठनका नेता कार्यकर्ता विद्यार्थी युवाको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुस