कञ्चनपुर ,फाल्गुन ,१४। कञ्चनपुरमा सहिद सप्ताहको अवसरमा दिप प्रज्वलन गरिएको छ । नेकपा विप्लव निकट युवा संगठन नेपाल र माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीले सयुक्त रूपमा २७ औ सहिद सप्ताह दिप प्रज्वलन गरेर मनाएको छ। जनयुद्धका प्रथम सहिद दिल बहादुर रम्तेल लगायका सहिदहरूको सम्झनामा दिप प्रज्वलन गरिएको हो ।

कञ्चनपुरको मदन चोकमा सनिवार युवा संगठन नेपाल र अखिल क्रान्तिकारीले सयुक्त रूपमा दिप प्रज्वलन गरेर सहिद सप्ताह मनाएको नेकपाका युवा नेता दिपेन्द्र ऐरीले जानकारी दिनुभयो ।

दिप प्रज्वलन गर्दै युवा संगठन नेपाल र अखिल क्रान्तिकारीले वीर सहिद लाल सलाम,महान जनयुद्ध जिन्दावाद,वेपत्ता योद्धाहरु लाल सलाम,वीर सहिदहरु अमर रहुन,एकीकृत जनक्रान्ति जिन्दावाद,बैज्ञानिक समाजवाद जिन्दावाद,युवा संगठन नेपाल जिन्दावाद,अखिल क्रान्तिकारी जिन्दावाद,राष्ट्रघाति सम्झौता mcc खारेज गर,राष्ट्रिय स्वाधीनता को रक्षा गरौ,सम्पुर्ण देश भक्त जनसमुदायहरु एक हौ लगायतका नारा समेत लगाएका छन ।

आजकै दिन जनयुद्धका प्रथम सहिद दिल बहादुर रम्तेलले साहदत प्रात गरेको थियो आजकै दिन देखि माओवादी पार्टीहरूले सहित सप्ताह मनाउने गरेका छन ।

 

प्रतिक्रिया दिनुस