कञ्चनपुर, फाल्गुन, १५ ।  नेकपा विप्लप नेकपा क्रान्तिकारी माओवादी ,राष्ट्रिय जनमोर्चा नेपाल सहितका ६ दल र मोर्चाले सयुक्त रूपमा एमसीसी सम्झौता विरुद्ध महेन्द्रनगरमा बिरोध प्रदर्शन गरेको छ । एमसीसी संसदमा छलफल सुरु गर्न थालिएपछि विरोध गरिएका छन ।

खुला मञ्चबाट जिल्ला प्रशासन हुँदै बजार क्षेत्र परिक्रमा गरी एमसीसी विरुद्ध प्रदर्शन गरिएको छ । प्रदर्शनमा सहभागीहरुले एमसीसीलाई राष्ट्रघाती सम्झौता भन्दै नाराबाजी गरेका छन् ।

प्रदर्शनपछि स्मारक क्षेत्रमा नेकपा का जिल्ला सेक्रेटरी जिवनको अध्यक्षता र जिल्ला ईन्चार्ज महानको प्रमुख आतिथ्यमा कार्यक्रम गरिएको छ ।

कार्यक्रममा नेकपा क्रान्तिकारी माओवादीका केन्द्रीय सदस्य हरि सुवेदी, राष्ट्रिय समाजवादी मञ्चका अध्यक्ष देबी दत्त पाण्डे, क्रान्तिकारी माओवादीका प्रदेश सचिव राम बहादुर महरा,राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष राम बहादुर कार्की देशभक्त जनगणतान्त्रिक नेपालका सुदुरपश्चिम प्रदेश अध्यक्ष विष्णु नेपाली, आहुति निकटका विजय लगायत नेता सहभागी भएका छन् ।

कार्यक्रममा राष्ट्रिय स्वाधिनताको रक्षा गरौ, एमसीसी खारेज गर,अमेरिकी सम्राज्यवाद मुर्दावाद , गो व्याग एमसीसी दलाल सरकार मुर्दावाद लगायतका नारा लगाइएका छन् ।

बिरोध प्रदर्शन पछि कार्यक्रम सम्बोधन गर्दै नेकपा क्रान्तिकारी माओवादी का केन्द्र सदस्य हरि सुवेदीले राष्ट्रघाती एमसीसी कुनै पनि हालतमा खारेज गर्ने बताए । दलालहरू सहयोगका नानमा देश र जनतामाथी गद्दारी गरेर अमेरिकाको गुलाम बनाउने राष्ट्रघाती एमसीसी पारित गराउने खेलमा लागेकोले स्वाधिन नेपाली जनताले राष्ट्रघाती एमसीसी  नचाएकोले बताए । राष्ट्रिय स्वाधितताको रक्षाको लागि देशभक्त नेपालीले सडक संघर्ष लागि तयार हुनु पर्ने बताए ।

सरकारले एमसीसी सम्झैता संसद बाट अनुमोदन गरेर पास गराउन खोजेको भन्दै सरकारको चर्को आलोचना र देशभर बिरोध प्रदर्शन भइरहेको छ । एमसिसीको बिरोधमा ६ दल र २ मोर्चाले सयुक्त रूपमा काठमाण्डौ लगायत देशभर बिरोध प्रदर्शन गर्दै आएका छन।

नेकपा विप्लवका नगर सचिव दिपेन्द्र ऐरीले एमसीसी सम्झौता राष्ट्रघाती भएकाले खारेज नभएसम्म आन्दोलन गरिने बताए ।

प्रतिक्रिया दिनुस