काठमाडौं फाल्गुन १४ । ने.क.पा (क्रान्तिकारी माओवादी) निकट अखिल (क्रान्तिकारी)ले अाज फागुन १४ लाई महान जनयुद्धकाे पहिलाे सहिद दिल बहादुर रम्तेल लगायत परिवर्तन र मुक्तिकाे आन्दोलनमा जीवन उत्सर्ग गर्ने तमाम ज्ञात अज्ञात सहिदहरुलाई स्मरण गर्दै अखिल(क्रान्तिकारी)काे केन्द्रीय कार्यलय, बागबजारमा २७ औं स्मृति दिवस मनाएकाे छ।

उक्त कार्यक्रममा अखिल(क्रान्तिकारी) का अध्यक्ष हरिकृष्ण गजुरेलले परिवर्तनका लागि जीवन आहुति दिने महान सहिदहरुले काेरेकाे मार्ग निर्देशन गरेकाे बाटाेमा क्रान्तिकारी युवा विधार्थीहरु दृढ़ एवम् प्रतिवद्ध रहि फेरि मुलुकले अर्काे वलिदानी मागेकाे हुँदा युवा विधार्थीहरु तम तयार रहेर लाल र निपुर्ण बन्दै क्रान्तिकारी झण्डालाई फहराउदै अगि बढ्नु पर्ने बताउनु भयो ।

साथै, राष्ट्रघाती सम्झाैता गर्ने दलालहरु जनता सामू नाङ्गि सकेकाेले यी गद्दारहरुलाई जनताहरुले बाँकी नराख्ने, राष्ट्रिय स्वाधीनताकाे रक्षाकाे खातिर एम.सी.सी विरुद्ध नागरिकहरु सडकमा अाई सकेकाे उहाँले बताउनुभयो ।

त्यसैगरी अखिल(क्रान्तिकारी) काे केन्द्रीय उपाध्यक्ष शीलु न्याैपानेले सहिदहरुले गर्नु भएकाे बलिदानलाई पूर्व नेताहरुले सत्तामा पुग्न वार्गेनिङ्ग गर्ने भाडाे मात्र बनाएकाे बताउनुभयो ।

वास्तवमा महान सहिदहरुले विना स्वार्थ महान उदेश्य जनताकाे जनजीविका, परिवर्तनका लागि अाफ्ना प्राण अाहुती दिएका थिए । अब कुनै पनि संसदवादी कित्तामा उभिएकाहरुले देशकाे वास्तविक विकास गर्न र जनताले खाेजेकाे व्यवस्था ल्याउन सक्दैनन् । जनताहरुका तमाम समस्यालाई सम्बोधन ने.क.पा (क्रान्तिकारी माअाेवादी) पार्टीले मात्र गर्ने उहाँले दावी गर्नुभयो ।

उहाँले भन्नुभयो:- ने.क.पा (क्रान्तिकारी माअाेवादी) मात्र जनयुद्धकाे वास्तविक उत्तराधिकारी पार्टी हाे र यसकाे भातृ संगठन अखिल (क्रान्तिकारी) ले मात्र शिक्षा क्षेत्रका माफिया विरुद्ध लड्ने तागत राख्ने बताउनु भयाे। उक्त कार्यक्रमकाे संचालन अखिल (क्रान्तिकारी) का केन्द्रीय सचिव प्रभात भट्टराईले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुस