कञ्चनपुर ,फाल्गुन, १५ । एमसीसी पास गराउन पार्टीले सहयोग गरेको भन्दै  शुक्लाफाँटा नगरपालिका वडा नं. ८ का अध्यक्ष बहादुर सिह महराले जनप्रतिनिधि र नेकपा माओवादी केन्द्र पार्टी दुबैलाई त्याग्ने घोषणा गरेका छन् । नेकपा माओवादी केन्द्रका युवा नेता महराले फेसबुकबाट जनतासित माफी मागेर वडा अध्यक्ष छाड्ने घोषणा गरेका हुन् । माओवादी केन्द्र र वार्ड अध्यक्ष दुवै पद त्याग गरेर अव राष्ट्रय स्वाधिनताको आन्दोलनमा लाग्ने घोषणा गरेका छन ।

अध्यक्ष महराले सोमबार विहान १० बजे वडा वासिन्दासित माफी मागेर अध्यक्ष छाड्ने घोषणा गरेका छन् । उनले आफ्नो पार्टी नेकपा माओवादी केन्द्रप्रति तीव्र असन्तुष्टि जनाउँदै देश बेच्ने भनेर गम्भीर आरोप समेत लगाएका छन् ।

‘देश बेच्नेहरुको वडा अध्यक्ष पदबाट भोलि विहान १० बजे जनतासित माफी मागेर राजीनामा गर्ने घोषणा गर्दछु’ उनले भनेका छन् ।वडा अध्यक्ष महराले माओवादी केन्द्रले बहाना बनाएर एमसीसी सम्झौता पारित गर्न खोजेकोमा आक्रोश पोखेका छन् । उनी माओवादी केन्द्रका सशस्त्र जनयुद्धकालिन कार्यकर्ता हुन् । एमसीसी पारित गर्न माओवादी केन्द्रले सहयोग गरेपछि उनले पार्टी सदस्यता समेत त्यागेको घोषणा गरेका छन ।

प्रतिक्रिया दिनुस