कञ्चनपुर । सुदूरपश्चिम प्रदेशको विकासबाट उपेक्षित गरिएको ऐतिहासिक नायल गाँउमा विद्युतिरणका लागि टेण्डर आब्हान भएकोछ ।

नेपाल विद्युत प्राधिकरण वितरण तथा ग्राहक सेवा निर्देशनालय सुप प्रदेश कार्यालय धनगढी वितरण केन्द्रले नायल गाँउमा विद्युतीकरणका लागि टेण्डर आब्हान गरेको हो ।

प्राधिकरणले ११ फागुन ०७८मा नायल गाँउमा हाईटेन्सन लाईन निर्माण, ट्रान्सफर जडान लगायतका कार्यको टेण्डर आब्हान गरेको हो । झण्डै २५ लाख बजेटमा टेण्डर आब्हान भएको प्राधिकरणले जनाएको छ । टेण्डर आब्हानसंगै गाँउमा विद्युतीकरण हुनेछ ।

कैलाली, कञ्चनपुर र डडेल्धुराको मध्यमध्य बिन्दुमा रहेका नायल गाँउमा विद्युतीकरण नहुँदा जनता अन्धकारमा बस्न बाध्य भएका थिए । नेकपा एकिकृत समाजवादी सुप प्रदेशका सदस्य एव युवा नेता सुरेन्द्र बहादुर बमको प्रयासबाट उक्त गाँउको समस्याका लागि कर्मचारीदेखि मन्त्री नेताहरुलाई स्थलगत अनुगमन गराएका थिए ।

पर्यटमन्त्री प्रेम बहादुर आले, प्रदेशका आर्थिक मामलामन्त्री तारालामा तामाङ्ग, भौतिक पुर्वाधारमन्त्री दिर्घ सोडारी, नेपाल विद्युत प्राधिकरणका निर्देशक जंग बहादुर चन्द लगायतको स्थलगत अनुमगन गराएर गाँउमा विद्युतीकरणका साथै गाँउको एकिकृत पूर्वाधार विकासका लागि प्रतिबद्धता जाहेर गराएका थिए ।

ऐतिहासिक गाँउमा पूर्वाधार नहुँदा स्थानीय अन्धकार अर्कातिर संकटमा बाँचिरहेका थिए । गाँउमा विद्युतिकरणमा लागि टेण्डर भएसंगै स्थानीयले विजुली बाल्न पाउने आशा व्यक्त गरेका छन ।

प्रतिक्रिया दिनुस